गुडलाइफको मिल्क चकलेट बजारमा
काठमाडौं: एसियन बिस्कुट एन्ड कन्फेक्सनरी कम्पनीले ‘गुडलाइफ डेरी मिल्क चकलेट’ नेपाली बजारमा ल्याएको छ । गुडलाइफको डेरी मिल्क चकलेट अत्याधुनिक मेसिनको प्रयोग गरी उत्कृष्ट घाना कोकोबाट उत्पादन गरिएको हो । चकलेटको बजार मूल्य १० रुपैयाँ राखिएको छ ।
गुडलाइफको डेरी मिल्क केही समयमा नेपालको सबैभन्दा बढी बिक्री हुने चकलेट बन्ने कम्पनीको दाबी छ । एसियन बिस्कुट एन्ड कन्फेक्सनरी कम्पनी सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको हो । कम्पनीले नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक भएको दाबी गरेको छ ।
गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुट, विभिन्न २० भेराइटीका चकलेट उत्पादन गर्दै आएको छ ।