एक्ससीएमसीका हेवी इक्विपमेन्ट बजारमा
काठमाडौं : एक्ससीएमसी ग्रुपको नेपालका लागि आधिकारिक कम्पनी आईडीएमसी प्रालिले हेवी इक्विपमेन्ट नेपाली बजारमा भित्र्याएको छ ।
एक्ससीएमसी चाइनिज कन्स्ट्रक्सन उद्योगको अग्रणी कम्पनी हो । चीनको विकासमा यस उद्योगले सबैभन्दा ठूलो योगदान दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एक्ससीएमसी विश्वको ५औं कन्स्ट्रक्सन मेसिनरी उत्पादन कम्पनी हो । कम्पनीले २००० टन क्षमताको अल टेरेन क्रेन, ५००० हजार टन क्षमताको क्राउलर क्रेन, १२ टनको लोडर, १०० मिटरभन्दा माथिको आगो निभाउन सक्ने फायर ट्रक र चौथो पुस्ताको इन्टेलिजेन्स मेसिनरी औजार उत्पादन गरिसकेको छ ।
कम्पनीले विकास गरेका २१५६ रजिस्टर्ड पेटेन्ट, १६४ प्यान्टेन्टेड आविस्कारका साथै १०० भन्दा बढी प्रविधिको विकासले आफूलाई संसारभर पु¥याउन सफल भएको कम्पनीको दाबी छ । नेपालका लागि आधिकारिक बिक्रेता आईडीएमसीका अध्यक्ष प्रवीन ढुँगानाले एक्ससीएमसीको उत्पादन अन्य कम्पनीको दाजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेको बताएका छन् ।