माइक्रोम्याक्सको क्यान्भास अल्ट्रा एम १ सार्वजनिक
काठमाडौं: माइक्रोम्याक्सले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन क्यान्भास अल्ट्रा एम १ सार्वजनिक गरेको छ।
स्टेट अफ दि आर्ट र बजेट अनुकूल फोन उत्पादन गर्ने भारतीय ब्रान्ड माइक्रोम्याक्सले आफूलाई नेपालमा स्थापित बनाइसकेको छ । कम्पनीका अनुसार माइक्रोम्याक्सको क्याभास अल्ट्रा एम १ बजारमा उपलब्ध अन्य स्मार्टफोनभन्दा उत्कृष्ट छ। अक्टाकोर प्रोसेसरमा आधारित यस स्मार्टफोनमा ३२ जीबी रोम छ । ५.५ इन्चको फुलएचडी डिस्प्ले रहेको फोनमा चार हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।
१३ मेगापिक्सेलको मुख्य क्यामरा रहेको फोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एन्ड्रोएडको मार्समाल्लो अपरेटिङ सिस्टममा आधारित उक्त स्मार्टफोनमा ३ जीबी र्याम छ । यसमा डुअल र हाइब्रिड सिम स्लट राखिएको छ । फोनले थ्रीजी र फोरजी नेटवर्क सपोर्ट गर्छ । यसमा कनेक्टिभिटीका लागि वाइफाइ, ब्लुटुथलगायतका सुविधा छन् । यसको बजार मूल्य २२ हजार आठ सय ९९ तोकिएको छ ।