मिटरब्याज प्रकरणमा सिलवालविरुद्ध सर्वोच्चमा रिट
काठमाडौंः डीआईजी नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
चक्रवर्ती (मिटरब्याज) प्रकरणमा पीडित गुनबहादुर थापा (शम्भु)का छोरा सागरले रिट दिएका हुन्। सिलवालले एसएसपी रहेका बेला पाँच सय प्रतिशतभन्दा बढी ब्याजमा आफ्ना बाबु शम्भुलाई ऋण दिएको र ब्याजसहित सबै रकम चुक्ता गरे पनि झूटो मुद्दा लगाएर फसाएको आरोप सोमबार दायर गरिएको रिटमा उल्लेख छ।
रिटमा सुनुवाइका लागि मंगलबारको पेसी तय भएको छ।