अनशनकारी नाजुक

अनशनकारी नाजुक

जनकपुरधामः जनकपुरको सुस्त विकासलाई गतिशील बनाउने मागसहित १३ दिनदेखि आमरण अनशनमा बसेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का संयोजक कलामुद्दिन राइनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

शर्मा र राईनको अनशनप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय मिथिलेश्वर दास पनि पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् । जनकपुर क्षेत्रको समुचित विकासअन्तर्गत भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको सुधारका मुद्दालाई अघि सार्दै सातबुँदे माग राखेर अनशन बसेका शर्मा र राइनको समर्थनमा स्थानीयले ऐक्यबद्धता जनाए पनि सरोकारवाला निकायले खासै चासो देखाएको छैन ।

अनशनस्थल जनकचोकमा शर्मा र राइनसँग मंगलबार अन्नपूर्णकर्मीले कुराकानी गर्न खोज्दा उनीहरू कमजोर स्वास्थ्य अवस्थाका कारण बोल्न समेत असमर्थ देखिए ।

आफूहरूको मागका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी रहेको र उनले फोनमा कुरा गरी छिट्टै माग सम्बोधन गर्ने आश्वासन दिएको अनशनरत शर्माले बताए । स्वास्थ्य अवस्था कमजोर भएपछि चिकित्सकले उपचारका लागि अस्पताल भर्ना गर्न दबाव दिए पनि शर्मा र राइन अस्पताल जान मानेका छैनन् ।

आमरण अनशनप्रति जनकपुरका बुद्धिजीवी, जनकपुर उद्योग वाणिज्य संघ, प्राध्यापक संघ, नेपाल मेडिकल एसोसिएसन धनुषा, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ धनुषा, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसहित विभिन्न पेसाकर्मी संघसंगठनले समर्थन जनाइसकेका छन् ।

धनुषा-महोत्तरीका प्रमुख जिल्ला अधिकारीले विकास कार्यमा बाधा पुर्‍याई भ्रष्टाचारीलाई सहयोग गरेको भन्दै उनीहरूविरुद्ध कारबाही गरिनुपर्ने मागलाई अनशनकारीले प्रमुखताका साथ उठाएका छन् । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक उमेशकुमार यादवलाई बल पुग्ने गरी धनुषामहोत्तरीका प्रजिअले परिषद्द्वारा सञ्चालित विकास निर्माणलाई असफल बनाउन भूमिका खेलेको भन्दै उनीहरूमाथि कारबाही हुनुपर्ने माग अनशनकारीको छ ।

त्यसैगरी आधुनिक जनकपुर निर्माणका लागि गुठी मातहतका हजारौं बिघा जग्गा, विभिन्न मन्दिरका महन्तसँग रहेका जग्गा, भूमाफिया, प्रशासक र नेताको नक्कली प्रमाण बनाई कब्जा गरेका अर्बौ मूल्यका जग्गाको संरक्षण र व्यवस्थापनका साथै जानकी मन्दिरलगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने दोस्रो माग छ ।

पाँच सय शड्ढयाको अनुमति प्राप्त जनकपुर अञ्चल अस्पताललाई दरबन्दीअनुसार जनशक्ति एवं आवश्यक भौतिक पूर्वाधार उपलब्ध नगराएर सरकारले रेफर हस्पिटलका रूपमा परिणत गराएकाले उक्त अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, जनकपुरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्नुपर्ने, वर्षौदेखि अलपत्र बहुचर्चित राजर्षि जनक विश्वविद्यालय सञ्चालनका लागि ऐन पारित गरी तुरुन्त आवश्यक निर्माण कार्य अगाडि बढाउनुपर्ने तथा जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको बाह्य चक्रपथ निर्माण गर्नुपर्ने माग रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.