भ्यालेन्टाइन डेमा प्रहरीले नै छुटाइदियो ‘प्रेम जोडी’

भ्यालेन्टाइन डेमा प्रहरीले नै छुटाइदियो ‘प्रेम जोडी’

काठमाडौः सामाजिक सञ्जालदेखि उपत्यकाका सडक-सडकमा मंगलबार बिहानैदेखि भ्यालेन्टाइन (प्रणय दिवस) को रौनक देखिथ्यो । टेकुस्थित काठमाडौं प्रहरी परिसरको दृश्य भने फरक थियो ।

सातदोबाटोकी युवती आफूलाई प्रेमीले धोका दिएको र परिवारलाई समेत यातना दिइरहेको भन्दै बिहान ११ बजे नै त्यहाँ पुगेकी थिइन् । युवतीका साथमा उनका बुबाआमा र अन्य आफन्त पनि थिए । प्रहरीले ती युवतीका प्रेमीलाई पनि उपस्थित गराएको थियो ।

‘हामी दुई वर्षदेखि सम्बन्धमा छौं । हाम्रो सम्बन्धबारे मेरो परिवारलाई थाहा छ । म ऊप्रति ढुक्क भएर सम्बन्धमा थिएँ तर पछिल्लो समय लगातार यातना दिइरहेको छ', प्रहरीले आफ्नो कुरा भन्नुस् भनेपछि युवती बोलिन् ।

त्यसलगत्तै बुटवल स्थायी घर भएका युवकले प्रतिवाद गरे । आफूहरू सामान्य साथीमात्र रहेको बताए । युवतीका आफन्तले दुईबीचको सम्बन्धका पुराना कुरा झिकेर एकपछि अर्को प्रश्न गर्दै र्‍याखर्‍याख्ती पारेपछि उनले एउटै कुरा पटक- पटक दोहोर्‍याए, ‘विवाह भन्ने कुरा जबरजस्ती हुन्छ ? ' युवती तथा उनका आफन्त र युवकबीचको कुराकानीले काठमाडौं प्रहरी परिसरको उजुरी छानबिन तथा केरकार कक्षमा ठूलै भीड लागेको थियो ।

प्रहरी कार्यालयमा प्रेमी-प्रेमिकाका सम्बन्ध र यसका समस्याबारे दैनिकजसो उजुरी पर्ने गरेको प्रहरी बताउँछन् ।

‘मैले दबाबमा त्यतिबेला बिहे गर्छु भनेको थिएँ । उसका आफन्तले मलाई निकै थर्काउँथे । राम्रो हुँदै गयो भने बिहे पनि गरौंला भन्ने सोचेको थिएँ । तर बिस्तारै मलाई ऊ र उसका आफन्त मन परेनन्', युवकले घुमाउरो पारामा सम्बन्ध स्वीकार गरे ।

पढ्नका लागि बुटवलबाट आएका युवक सातदोबाटो बस्ने क्रममा ललितपुरमै घर भएकी ती युवतीसँग परिचित भएका थिए । नियमितजसो भेटघाट हुने गरेपछि सम्बन्ध बाक्लिएको रहेछ । दुईको सम्बन्धबारे युवतीका आफन्तले थाहा पाएपछि युवकले बिहेका लागि दुई वर्ष पर्खन अनुरोध गरेका रहेछन् ।

सम्बन्ध स्वीकार गरे पनि युवकले आफू निर्दोष रहेको दाबी गर्दै जबरजस्ती विवाह नगर्ने बरु जस्तोसुकै सजाय भोग्न तयार हुने बताए । युवती पनि अब आफू कुनै हालतमा ती युवकसँग विवाह नगर्ने बताउँदै थिइन् । ‘तिमीले विवाह गर्नुपर्छ मैले भनेकै छैन । तिमीले विवाह गर्छु भने पनि अब गर्दिनँ । तिमीजस्तो मान्छेसँग विवाह गर्नु पनि छैन तर किन सब नाटक गर्‍यौ ? मलाई र मेरो परिवारलाई किन यातना दियौ ? ', युवती भन्दै थिइन् ।

प्रहरीले करिब चार घण्टापछि मिलापत्र गराएर दुवैलाई घर फर्काएको छ । ‘लेनदेनको हिसाब मिलाउने र अबदेखि एक-अर्काबीच कुनै सम्बन्ध नरहेकोमा सहमति बनेपछि मिलापत्र गरेर दुवै फर्किए', प्रहरी स्रोतले भन्यो । प्रहरी कार्यालयमा प्रेमी-प्रेमिकाका सम्बन्ध र यसका समस्याबारे दैनिकजसो उजुरी पर्ने गरेको प्रहरी बताउँछन् । यसमा पनि महानगरीय अपराध महाशाखाको साइबर पिलर र महानगरीय बालबालिका तथा महिला सेल, कालिमाटीमा यससम्बन्धी उजुरी दैनिकजसो पर्ने गरेका छन् ।

महानगरीय बालबालिका तथा महिला सेलकी प्रहरी निरीक्षक सुभद्रा लामा पछिल्लो समय प्रेमी-प्रेमिका सम्बन्धका उजुरी धेरै आउने गरेको बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.