भित्रियो नयाँ चिनियाँ स्मार्टफोन

भित्रियो नयाँ चिनियाँ स्मार्टफोन

काठमाडौं: नेपाली स्मार्टफोन बजारमा नयाँ ब्रान्ड थपिएको छ। लक्ष्मी समूहको भगिनी कम्पनी जयमाँ इन्टरकन्टिनेन्टलले चिनियाँ स्मार्टफोन कुलप्याड नेपाली बजारमा भित्र्याएको हो। जयमाँले सोमबारराजधानीमा भव्य समारोह आयोजना गरी नयाँ स्मार्टफोन ब्रान्ड कुलप्याड सार्वजनिक गर्‍यो।

कम्पनीले कुलप्याडको 'कुलवान' मोडल सार्वजनिक गरी नेपाल भित्रिएको घोषणा गरेको हो। कुलप्याडका ग्लोबल सीईओ जेम्स डु र जयमाँ इन्टर कन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायतले एकसाथ कुलप्याड मोबाइल सार्वजनिक गरेका हुन्।

कुलप्याड विश्व स्मार्टफोन र ग्लोबल वायरलेस कम्युनिकेसनको बजारमा आर एन्ड डी र म्यानुफ्याक्चरिङमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनी हो। यो कम्पनी सन् १९९३ मा चीनमा स्थापना भएको कम्पनी हो।

कम्पनीले विशेषगरी विज्ञान र प्रविधिको प्रयोगले ग्राहकलाई सहजता पुर्‍याउने पहिलो उद्देश्य राखेको जनाएको छ। यसैको प्रतिफल स्वरुप कम्पनीले नेपालमै पहिलोपटक १३ मेगा पिक्सेलको डुअल रेयर क्यामेरासहितको कुलवान स्मार्टफोन सार्वजनिक गरेको हो।

१३+१३ मेगा पिक्सलको डुअल रेयर क्यामेरा भएको यो स्मार्टफोन फोटोको पारखीका लागि निकै प्रभावकारी सावित हुने कम्पनीले विश्वास लिएको छ। कम्पनीका अनुसार डुअल क्यमेरा, क्यामरामा प्रयोग गरिएको अपार्चरसहित एलडीडी फ्ल्यास यसको मुख्य विशेषता हो।


कम्पनीले कुलप्याडको 'कुलवान' मोडल सार्वजनिक गरी नेपाल भित्रिएको घोषणा गरेको हो।

यसमा ८ मेगामिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। कुलवानमा प्रयोग भएको क्यामेराले फोटो खिच्दा आफै डेप्थ डिटेल र ब्राइटनेसलाई म्यानेज गर्छ।
ड्युल मोड र ड्युल स्ट्यान्डबाई ह्यान्डसेटको आविष्कारक कुलप्याडले बजारमा ल्याएको कुलवान फोनको अर्को विशेषता भनेको यसमा फोरजी एलटीई ड्डुल नानो सिम सपोर्ट गर्दछ।

यसमा ड्युल स्ट्यान्डबाइ सिस्टम पनि रहेको छ। फिंगर प्रिन्ट सेन्सर, यूएसबी टाइपसी, क्विक चार्ज सपोर्टजस्ता प्रविधि यसमा प्रयोग गरिएको छ। यसमा ६४ विट अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५२ एसओसी प्रसोसर, स्मार्टफोनमा चार जीबी र्‍याम, ५.५ इन्चको फुल एचडी डिस्प्ले लगायतका फिचर रहेको स्मार्टफोन एन्ड्रोइड मार्शमाल्लो ६.० भर्सनमा आधारित छ।

यसमा फिंगर प्रिन्ट सेन्सरको प्रयोग गरिएको छ। यसमा प्रयोग भएको फिंगर प्रिन्ट सेन्सरले ०.५ सेकेन्डमा स्मार्टफोनलाई अनलक गर्न सक्ने कम्पनीले बताएको छ। चार हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको कुलवानमा ड्युल सीम सुविधा छ। कुलवानमा फोरजी सर्पोट गर्ने क्विट चार्ज सर्पोटको सुविधा छ। नेपाली बजारमा यसको मूल्य ३० हजार नौ सय ९६ रुपैयाँ तोकिएको छ।

स्मार्टफोनको सार्वजनिक कार्यक्रममा कुलप्याड ग्लोबलका सीईओ जेम्स डुले बजारमा नयाँ टेक्नोलोजी ल्याउन कुलप्याड हरदम आतुर रहेको बताए। उनले ग्राहकलाई प्रयोग गर्न सरल तर उत्कृष्ट टेक्नोलोजी प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको बताए।

साथै, जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले कुलप्याड स्मार्टफोनमार्पmत ग्राहकलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने वाचा गरेका छन्। उनले भने, 'विश्वभरमा नै प्रख्यात कुलप्याड स्मार्टफोनसँग गरिएको साझेदारी जयमाँका लागि उल्लेखनीय रहेको छ।

कुलप्याड स्मार्टफोन प्रविधिको हिसावले उत्कृष्ट छ, यसले ग्राहकलाई भरपुर सन्तुष्टि दिनेछ।' उनका अनुसार २०१७ को अन्त्यसम्म नेपालको टप पाँच स्मार्टफोन बन्ने लक्ष्य छ।

सोही कार्यक्रममार्फत कम्पनीले कुलवानसँगै मेगा ३ एस, नोट थ्री र मेगा २.५ डी पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार मेगा ३ एसको मूल्य नेपाली बजारमा १७ हजार चार सय ९९ रुपैयाँ, नोट ३ को मूल्य २० हजार नौ सय ९९ रुपैयाँ र मेगा २.५ डीको मूल्य १६ हजार चार सय ९९ रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.