चावहिल र सामाखुसीमा सिद्धार्थ इन्स्योरेन्स
काठमाडौं: सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको चावहिल तथा सामाखुसीमा नयाँ शाखा कार्यालयको सञ्चालनमा ल्याएको छ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको प्रमुख आतिथ्यमा सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उक्त शाखाको उद्घाटन गरेका छन्। उक्त समारोहमा बीमा समितिका निर्देशक कार्की तथा कम्पनीको सञ्चालक प्रमोद पाण्डेयको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथि चापागाईंले शाखा कार्यालयको सफल सञ्चालनका लागि शुभकामना दिँदै सिद्धार्थ इन्स्योरेन्सले एघार वर्षको दौरानमा बीमा व्यवसायमा गरेको प्रगति एवम् बीमितलाई पुर्याएको सेवाको प्रशंसा गरेका छन्।
कम्पनीका कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्रीले अहिलेसम्म २९ वटा शाखा सञ्जालद्वारा स्तरीय बीमा सेवा प्रदान गर्दै आइएको र यस आर्थिक वर्षमा देशभरि ४० वटा शाखा पुर्याई सोहीमार्फत बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।