पोखरामा खानेपानी परियोजनाका लागि जापानले चार अर्ब सहयोग गर्ने
काठमाडौं : जापानी सहयोग नियोग जाइकाले पोखरामा खानेपानी परियोजनाका लागि चार अर्ब बढी आर्थिक सहयोग गर्ने भएको छ।
पोखरामा देखिएको खानेपानी समस्या समाधानका लागि जापानले नेपाल सरकारलाई चार अर्ब ५२ करोड अनुदान सहयोग गर्ने भएको हो।
बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत सामासी ओगावा र अर्थ सचिव शान्तराज सुवेदीले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा उल्लेख भए अनुसार सन् २०२० सम्ममा उक्त आयोजना सम्पन्न हुने छ। परियोजनामा खानेपानी ट्रिटमेन्ट प्यान्टसहित पाइप विछ्याउने काम पनि हुने बताइएको छ। परियोजनाबाट पोखराका तीन लाख ५५ हजार ३ सय ५७ परिवारले खानेपानी पाउने छन्।
यो परियोजनाको समापनपछि सातामा सातै दिन खानेपानीको आपूर्ति हुनेछ। यो पानी प्रशोधन केन्द्र मार्दी खोला नजिक निर्माण गरिनेछ भने वितरण लाइन पोखरा उपमहानगर पालिका भित्र गरिनेछ ।
परियोजनाले पोखरा बासीको जीवनस्तरमा सुधार ल्याउनुका साथै पोखराको पर्यटन बिकासमा उलेख्य सहयोग पु¥याउने विश्वास गरिएको छ।