प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

 प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

चितवन: प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्।

'कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो” प्रहरी प्रमुख थापाले भने।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उनले जानकारी दिए।अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.