यामाहा म्युजिकको सोरुम नक्सालमा

यामाहा म्युजिकको सोरुम नक्सालमा

काठमाडौं : नेपालका लागि यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रालिले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगीतिक उपकरण तथा प्रोफेसनल अडियो सिस्टमको सो रुम सुरु गरेको छ । नेपालको चर्चित संगीतिक समूह १९७४ एडीले यामाहा म्युजिक सोरुमको उद्घाटन गरेको हो ।

नयाँ सोरुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’ अडारियोका एसोसिरिज पनि पाइनेछ ।

‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं । त्यसक्रममा हामीले संगीतप्रेमीका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव ग¥यौं,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भनिन्, ‘सांगीतिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आबद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं ।’

बुधबार सोरुम उद्घाटनपछि संगीतिक कार्यक्रम आयोजना गरिएको थियो जसमा यामाहा म्युजिकका अन्तर्राष्ट्रिय प्रस्तुतिकर्ता युकी सिमादा, जिन्दावादका किरण शाही र सिल्भर सिरिनेडलगायतले संगीत पस्केका थिए ।

यामाहा म्युजिकको स्थापना संस्थापक तोराकुसी यामाहालेले सन् १८८७ मा गरेका थिए । अहिले यामाहाले पियानो, विन्ड इन्स्ट्रयुमेन्ट, स्ट्रिङ र पक्र्युसन इन्स्ट्रयुमेन्ट र डिजिटल म्युजिक इन्स्ट्रयुमेन्टको समेत उत्पादन गर्छ । विश्वमै प्रतिष्ठित यामाहा म्युजिकले विश्व बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.