सेनाले बनायो वृद्ध सैनिकका लागि भिआइपी कुटी

सेनाले बनायो वृद्ध सैनिकका लागि भिआइपी कुटी

काठमाडौ : प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकास प्राप्त सैनिक अधिकृत, पदिक तथा अन्य दर्जाका लागि शङ्खरापुर नगरपालिका स्थित लप्सेफेदीमा बनेका दशवटा कुटी (आ श्रम)को उद्घाटन गरेका छन् ।

अवकास पाएपछि वृद्धवृद्धा अवस्थामा घरवार बिहिन भएका सैनिक अधिकारीलाई लक्षित गरी आश्रम बनाएको हो ।

सैनिक कल्याणकारी कोषको लगानी र जेपी प्रतिष्ठानको संयोजकत्वमा कुटीहरु निर्माण भएका हुन् ।

नवनिर्मित दश कुुटीमध्ये दुई अति विशिष्ट, तीन विशिष्ट र पाँच वटा सामाान्य कुटी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उद्घाटनका क्रममा प्रधानसेनापति क्षेत्रीले आश्रमले प्रदान गर्ने सेवा मर्यादित र मानवीय समाज निर्माणमा कोशे ढुङ्गा साबित हुने बताए ।

प्रतिष्ठानले बनाएको जेष्ठ नागरिक ग्राममा सैनिक कल्याणकारी कोषले १० वटा कुटी बनाएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.