आगलागी हुँदा दुर्इ घर खरानी, ४१ लाखको क्षती

आगलागी हुँदा दुर्इ घर खरानी, ४१ लाखको क्षती

दमकः झापाको गौरादह नगरपालिकामा बिहीबार बिहान आगलागी हुदा दुर्इ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी बाट ४१ लाख मुल्य बराबरको क्षती भएको छ ।

बिहान साढे एक बजे आगलगी हुँदा गौरादह नगरपालिका-१ बेलडाँगि चौक स्थित देबराज लिम्बुको २ तले काठको घर जलेर नष्ट भएको हो । त्यस्तै आगलागी बाट काठको घर संगै जोडिएको अर्को एक तले पक्कि घर समेत पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानकारी दिए ।

आगलागीबाट सोही घरमा भाडामा बसेका धन सिंह लिम्बुको समेत २ लाख ५० हजार नगद सहित सम्पुर्ण सामान जल्दा ११ लाख बराबरको क्षती भएको छ । त्यस्तै देबराजको आगलागीका कारण काठको २ तले घर , गर गहना , खाद्यान्न , लत्ता कपडा , पशुचौपाय जलेर नस्ट भएको छ ।

विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैया बराबरको क्षती भएको र्इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगो बिहान करिब साढे चार बजे दमक नगरपालिका र बिर्तामोडको दमकल, प्रहरी र स्थानिय बासिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.