स्ववियु चुनाव जसरी पनि गर्नूः प्रधानमन्त्री

स्ववियु चुनाव जसरी पनि गर्नूः प्रधानमन्त्री

काठमाडौंः असन्तुष्ट विद्यार्थीको आन्दोलनका कारण चुनाव हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तोकिएकै मितिमा सम्पन्न गराउन त्रिवि पदाधिकारीलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका दाहालले बुधबार बिहान त्रिविका उपकुलपति प्राध्यापक डा.तीर्थ खनिया, शिक्षाध्यक्ष तथा स्ववियु चुनाव परिचालन समितिकी संयोजक प्राध्यापक डा.सुधा त्रिपाठीलगायतलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । यसका लागि आवश्यक सुरक्षा प्रबन्ध सरकारले गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

प्रधानमन्त्रीको निर्देशनलाई अन्य दल एमाले र कांग्रेसले पनि साथ दिएका छन् । छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा तीनै दलनिकट विद्यार्थी संगठनका पदाधिकारी उपस्थित थिए ।

शिक्षाध्यक्ष त्रिपाठीले केही क्याम्पसमा कार्यतालिकाअनुसार चुनावी कार्यक्रम सञ्चालन गर्न कठिन भए पनि आन्तरिक तयारी भइरहेको बताइन् । ‘चुनाव जसरी पनि हुन्छ', उनले भनिन् ।

कार्यतालिकाअनुसार काम हुन नसकेका क्याम्पसमा दुई दिनको कार्यतालिकालाई एकै दिन सम्पन्न गरेर भए पनि तोकिएकै मितिमा मतदान हुन्छ', त्रिपाठीले भनिन् । विप्लवले नेतृत्व गरेको माओवादी निकट मानिने अनेरास्ववियु (क्रान्तिकारी) सहित साना दलनिकट ६ वटा संगठन त्रिविले घोषणा गरेको चुनावको विपक्षमा छन् । उनीहरूले चुनावलाई पूर्ण समानुपातिक वा मिश्रित बनाउनुपर्ने माग गर्दै आएका छन् ।

नेविसंघको एक समूहले पनि स्ववियुमा २८ वर्षे उमेर हदबन्दी र निर्वाचन प्रणालीको विरोध गर्दै आएका छन् । उमेर हदबन्दीको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । उक्त रिटको अन्तिम सुनुवाइ फागुन १२ गते हुँदै छ । बुधबार त्रिविले आफूअन्तर्गतका सम्पूर्ण क्याम्पसमा बिदा दिएका कारण कुनै पनि गतिविधि भएको छैन । पूर्वशिक्षाध्यक्ष प्राध्यापक डा. तुल्सीलाल अमात्यको निधनमा शोक मनाउन त्रिविले बुधबार बिदा दिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.