फोनमा बोल्दै गाडी हाँक्दा दुर्घटना 

फोनमा बोल्दै गाडी हाँक्दा दुर्घटना 

डडेल्धुराः डडेल्धुरामा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । भागेश्वरबाट सदरमुकाम आइरहेको से१ज ८३३ नम्बरको जीप आइतबजार नजिक सडकबाट तीन सय मिटर तल ठूलखोलामा खसेको हो ।

दुर्घटनामा भागेश्वर-८ का २४ वर्षीय गणेश सार्की, भागेश्वर-४ का ३० वर्षीय लक्ष्मण भट्ट, ६२ वर्षीय जयानन्द भट्ट, भागेश्वर-५ का कामदेव चटौत, नरपति पाण्डेय, दिवाकर पाण्डेय र भागेश्वर-७ का पदमबहादुर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाँचजनाको घटनास्थलमै, एकजनाको अस्पताल ल्याउँदै गर्दा र एकजनाको उपक्षेत्रीय अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।

बगरकोट-४ का ३० वर्षीय भीमसिहं ठगुन्ना, भागेश्वर-४ का १९ वर्षीय रामेश्वर भट्ट, बैतडी श्रीकेदार-४ का प्रहरी जवान किशोर भट्ट, झलारी कञ्चनपुर घर भई भागेश्वर उपस्वास्थ्य चौकीमा कार्यरत अहेव मदन साउद, भागेश्वर-४ की २० वर्षीया जानकी भट्ट गम्भीर घाइते छन् । घाइते अहेव साउदलाई नेपालगन्ज रेफर गरिएको छ । अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । चालकको लापरवाहीले दुर्घटना भएको घाइतेले बताएका छन् ।

घाइते रामेश्वर भट्टले चालकले फोनमा कुरा गरिरहेको र गाडी पनि तीव्र गतिमा रहेकाले दुर्घटना भएको बताए । चालकलाई पटक-पटक सचेत गराउँदा पनि फोनमा बोल्न नछाडेको उनको भनाइ छ । ‘गाडीमा १२ जना थियौं', उनले भने, ‘चालक फोनमा बोल्दै थिए, गाडी अचानक कन्ट्रोलबाहिर गयो ।'

अर्की घाइते जानकी भट्टले लामो समय फोनमै बोलिरहेका चालकले अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको बताइन् । ‘बाँकी धेरैजना घाइते चिच्याइरहेका थिए, म पनि रोइकराई गर्दै थिएँ', उनले भनिन्, ‘माथिबाट सल्लाका गोलिया पनि गाडीसँगै खस्दा थप यात्रु च्यापिए ।'

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने सडक धुलैधुलो भएकाले दुर्घटना भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.