लुम्बिनी खुकुरीलाई सुपर लिग उपाधि

लुम्बिनी खुकुरीलाई सुपर लिग उपाधि

बुटवलः लुम्बिनी खुकुरी क्रिकेट क्लबले नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ५५ रनले हराउँदै लुम्बिनी खुकुरीले उपाधि जितेको हो । उपाधि विजेता लुम्बिनी खुकुरीले नगद ५० हजार रुपैयाँ र ट्रफी हात पार्‍यो । उपविजेता शिवशक्तिले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

स्थानीय सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी खुकुरीले निर्धारित ४० ओभरको खेलमा एक ओभर बाँकी छँदै सबै विकेट गुमाएर एक सय ४८ रनको योगफल तयार पार्‍यो । लुम्बिनीका कप्तान अन्तिम थापाले ४५, इकलाख अहमदले ३५, शंकर रानाले १४ र रोहित पौडेलले १३ रन बनाए । शिवशक्तिका विष्णु कटरिया र दुर्गेश कुर्मीले समान तीनतीन विकेट लिए । यस्तै, कृष्ण कार्की र अख्तर हुसेनले एक एक विकेट लिए ।

एक सय ४९ रनको विजयीलक्ष्य पछ्याएको शिवशक्तिले २७ ओभर तीन बलमा ९३ रनमात्र जोड्न सक्यो । शिवशक्तिका दुर्गेश कुर्मीले २३, दीपचन्द शर्माले २२ र कृष्ण कार्कीले १५ रन बनाए । शिवशक्तिलाई सस्तैमा समेट्न दुर्गेश गुप्ताले चार विकेट लिए । यस्तै साहद आलमले तीन, लालबहादुर अधिकारीले दुई र भीम सुनारले एक विकेट हात पारे ।

फाइनल खेलको म्यान अफ दी म्याच लुम्बिनी खुकुरीका दुर्गेश गुप्ता घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी वेस्टर्न क्रिक्रेट क्लब बुटवलका विक्रम भुसाल घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । उत्कृष्ट बलर र ब्याट्सम्यान भने लुम्बिनी खुकुरीका साहद आलम र अन्तिम थापा घोषित भए । उनीहरू दुवैले पाँचपाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्त प्रमुख ललितकुमार दाहाल, रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ललगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.