महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

 महिनावारी हुँदा शौचालय प्रयोग गर्न रोक

धनगढी: सुदूरपश्चिमका सबै जिल्लामा अहिले सरसफाइको अभियान चलिरहेको छ। उक्त अभियानमा महिनावारी भएका महिला भने लाग्न सकिरहेका छैनन्।

जिल्लाहरू खुल्ला दिसामुक्त घोषणा हुने क्रम जारी रहेको भए पनि महिनावारी भएका महिलाले भने अझै पनि चर्पीको प्रयोग नगरिरहेको पाइएको छ।
अछाम जिल्लामा महिनावारी हुने महिलामा ३९ प्रतिशतले चर्पी प्रयोग नगर्ने तथ्यांकले देखाएको छ।

सुदूरपश्चिमका ९ वटा जिल्लामध्ये ५ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेका छन्। सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर खुल्ला दिसा गर्ने जिल्लाहरूमा अगाडि छन्। बालबालिका तथा विद्यालयमा समेत सरसफाइको अवस्था केही कमजोर रहेको पाइएको छ।

सरसफाइ तथा खानेपानीको पहुँचबाट सुदूरपश्चिमाञ्चल क्षेत्र देशको सबैभन्दा अगाडि रहेको तथ्यांकले देखाएको छ। सरसफाइमा सुदूरपश्चिममा ९९ प्रतिशत पहुँचमा रहेको छ भने खानेपानीमा ८८ प्रतिशत पहुँचमा रहेको छ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय राजपुर डोटीले कैलालीको धनगढीमा बुधबारबाट सञ्चालन भएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी क्षेत्रीय समीक्षा तथा कार्यदिशा तर्जुमा कार्यक्रममा यसबारे छलफल भएको हो।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय डोटीका निर्देशक प्रदीपकुमार मुडभरीले क्षेत्रको सरसफाइको अवस्था सुधारात्मक रहेको भए पनि महिनावारी महिलाबाट चुनौती थपिएकाले सबैले सकारात्मक रूपमा अगाडि बढ्नुपर्ने र चेतनामूलक कार्यक्रम लैजानुपर्ने बताए।

खानेपानी डिभिजन कार्यालय अछामका प्रमुख खगेन्द्रप्रसाद रेग्मीले भने, ‘अछाम खुल्ला दिसामुक्त घोषणा भइसकेको भए पनि महिनावारी भएका महिला अझै चर्पी प्रयोग गरिरहेका छैनन्।' क्षेत्रीय गोष्ठीमा ९ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्थाबारे छलफल गरिएको छ भने गोष्ठी दुई दिनसम्म चल्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.