नेपाल–भारत सम्बन्ध प्रगाढ छः राजदूत रे
सिन्धुलीः नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल–भारत सम्बन्ध पहिलेजस्तै प्रगाढ रहेको बताएका छन्। ‘नेपाल भारतको सम्बन्ध धेरै पुरानो हो,’ उनले भने, ‘दुवै देशबीच सुमधुर सम्बनध छ। हामी यो सम्बन्ध नागरीक स्तरसम्म पुर्याउन तयार छौं।’
बिहीबार सिन्धुलीको सिन्धुलीमाढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारत सरकारले नेपालको विकासका लागि सबै क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। राजदूत रेले सामाजिक विकासमा भने सक्दो सहयोग गर्ने जनाए। नेपालका विद्यालय, स्वास्थ्यचौकीको भवन निर्माणदेखि एम्बुलेन्स सहयोगका साथै अन्य विविध क्षेत्रमा आफुहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ।
नेपालमा कृषि, पर्यटन, हाइड्रो पावरको क्षेत्रमा विकासको ठूलो सम्भावना भएकाले भारत त्यस्तो क्षेत्रमा सहयोग गर्न समेत तयार रहेको जनाए। भारतले नेपालको शिक्षा क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गरेको उनले बताए।