एलजी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं: एलजी २१ सिइएस २०१७ इनोभेसन अवार्डबाट सम्मानित भएको छ। ग्राहकबीच विभिन्न प्रविधि प्रवद्र्धन तथा नेटवर्क विस्तार गर्ने संस्था ‘द कन्जुमर टेक्नोलोजी एसोसिएसन (सिटिए) ले एलजी इलेक्ट्रोनिक्सलाई यो पदकबाट सम्मान गरेको हो।
एलजी कम्पनीले बजारमा पुर्याएको योगदान र विकास गरेको नवीनतम प्रविधिलाई ध्यानमा राखेर अवार्ड प्रदान गरिएको जनाएको छ। मुख्यतः २१ सिइएस २१०७ इनोभेसन अवार्डको डिजाइनमा समावेश कम्पनीको अल्ट्रा प्रिमिएम एलजी सिग्नेचर, प्रोडक्ट प्रोफाइल, ओएलइडी टिभीलगायत उच्च क्षमताका एलजी भी-२० मल्टिमिडिया स्मार्ट फोनलगायतले विश्वभर परिचित बनाएको छ।
योसमेत गरी लगातार पाँचौंपटक एलजीले यो अवार्ड हात पारेको हो। विशेषतः ओएलइडी टिभीमा प्रयोग भएको प्रविधि तथा नवीनतम उत्पादनका लागि सिइएस इनोभेसन अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ।
सिइएस-२०१७ ले विश्वका ख्यातिप्राप्त कम्पनीको स्थापनाको गोल्डेन जुब्लीको अवसरमा उत्पादित ब्रान्ड झल्कने गरी आयोजित ट्रेड सोमा एलजीलाई सम्मान गरेको हो। प्रविधिको उत्कर्षमा पुग्दै गरेको एलजी आफ्ना ११ वटा उच्च प्रतिस्पर्धी ब्रान्ड होम एप्लाइन्स, होम अडियो एन्ड भिडियो कम्पोनेन्ट, वायरलेस ह्यानसेट, वायरलेस ह्यानसेट एसेसरिज, भिडियो डिस्प्ले, स्मार्ट होम, हेडफोन विश्वमा गुणस्तरीय उत्पादनको रूपमा पर्दै आएको छ।
कम्पनीको यी उत्पादन आकर्षण डिजाइनका साथै आर्थिक रूपमा सस्तो रहेको कम्पनीको दाबी छ। साथै, यसको मिडिया प्लेयर, कम्प्युटर पेरिफर्सल विशेष आकर्षक रहेको छ। विजेता कम्पनीमध्ये एलजीको सिग्नेचर ब्रान्ड प्रोडक्टमा टिभी, वासिङ सेसिन, डिसवासर छन्।
त्यसमा एलजीको सिग्नेचर ब्रान्ड प्रोडक्टले नवीनतम प्रविधि र डिजाइनको प्रतिनिधित्व गर्नुका साथै ग्राहकको मागलाई पूर्णतः सम्बोधन गर्ने कम्पनीले जनाएको छ। साथै, एलजीको दोस्रो संस्करण, एलजीको सिग्नेचर ओएलइडी टिभीले सिइएस २०१७ भिडियो डिस्प्लेमा टप इन्ड्रस्ट्री अनरका रूपमा लगातार दोस्रो पटकसम्म बेस्ट अफ इनोभेसन अवार्ड पाएको छ।
सिटिएको स्पोन्सर तथा इन्ड्रस्ट्रियल डिजाइनर सोसाइटी अफ अमेरिको इन्डोर्समा सिइएस इनोभेसन अवार्ड छनोट गरी विभिन्न प्यानल अफ इस्टिमेटेड इन्ड्रस्ट्री डिजायनर, प्राविधिक इन्जिनियर र पत्रकारमध्येबाट वार्षिक रूपमा विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ। यसका साथै गुणस्तर, नवीनतम डिजाइन, साइज, आयु, मूल्य आदिले समग्र ग्राहकको जीवनस्तरमा पार्ने प्रभावलाई पनि अवार्डको आधार मानिने गरेको छ।