स्ट्यान्डर्ड चार्टर्ड बैंक आस्वा प्रणालीमा
काठमाडौ: स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र खरिदसम्बन्धी निर्देशिका २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्ने कार्य (आस्वा प्रणाली) को अनुमति प्राप्त गरेको छ।
बैंकले अनुमति प्राप्त गरेको आस्वा प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हुँदा खरिद गर्न चाहने लगानीकर्ताबाट फारम संकलन गरी दरखास्त फारममा उल्लेख भएबमोजिमको रकम लगानीकर्ताकै खातामा रोक्का राखी धितोपत्र बाँडफाँडपश्चात् निजको नाममा कायम हुन आउने धितोपत्र बराबरको रकम सम्बन्धित कम्पनीमा पठाई बाँकी रकम खाताधनीले पूर्ववत रूपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्नेछ।
योसँगै ग्राहकले बैंकका शाखा कार्यालयमा लगानीकर्ताले सहज र सरल किसिमले धितोपत्रमा लगानी गर्न सक्नेछन्।