बज कम्युनिकेसनको १० औं वर्ष
काठमाडौं: पब्लिक रिलेसन(पिआर) एजेन्सीका रूपमा कार्यरत बज कम्युनिकेसन इन्डिया प्रालिले आफ्नो १० औं वार्षिकोत्सव भव्यतासाथ मनाएको छ।
तीव्र रूपमा आफ्नो कार्य क्षेत्रको विकास गर्दै आएको बज कम्युनिकेसनले भारतका सम्पूर्ण स्थानमा आफ्नो उपस्थिति जनाइसकेको छ।
त्यसका साथै कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ। नेपालका साथ कम्पनीले सार्कका सम्पूर्ण मुलुकमा आफ्नो उपस्थिति जनाइसकेको छ। यसका साथै कम्पनीले आफ्नो सेवा दुबई र क्यानडामा समेत विस्तार गरिसकेको जनाएको छ।
कम्पनीको १० औं वार्षिकोत्सवका अवसरमा कम्पनीका संस्थापक निर्देशक आँचल पउलले यो १० वर्षको अन्तरालमा कम्पनी भारतको उत्कृष्ट १० पिआर कम्पनीका रूपमा स्थापित भइसकेको जनाए।
ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको कम्पनीले गुणस्तरीय कामका साथैै सेवा प्रदान गर्दै आएको छ। कम्पनीले भारतमा टोयोटा, जेसिबी, टाटा, कोनेजस्ता अन्तर्राष्ट्रिय ब्राण्डसँग काम गरिसकेको छ।