नेपाल टेलिकमको सार्वजनिक गर्‍यो रात्रि प्याक

 नेपाल टेलिकमको सार्वजनिक गर्‍यो रात्रि प्याक

काठमाडौं: नेपाल टेलिकमले प्रणय दिवस(भ्यालेन्टाइन) का अवसरमा कम्पनीको जिएसएम सेवाका ग्राहकका लागि २५ रूपैयाँमा दुइ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज सार्वजनिक गरेको छ।

यो अफर फागुन तीन गतेदेखि १७ फागुनसम्म लागू हुनेछ। उक्त प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहनेछ। यो अफरअन्तर्गत लिएको प्याकेजको उपयोग राति १० बजेदेखि बिहान ६ बजेसम्म गर्न सकिनेछ।

यो प्याकेज लिन भिडिएवाई टाइप गरी १४१५ मा सन्देश पठाउनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले हरेक जिएसएम तथा सिडिएमए प्रिपेड सिम तथा रिम खरिदमा अर्को त्यस्तै सिम वा रिम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। दुवै सिम वा रिममा ५० बराबरको टक टाइम उपलब्ध हुनेछ। यो अफर बिहीबारसम्म लागू हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.