उपचारको साटो झारफुकतिर लागेपछि कुपोषणले लियो बच्चाको ज्यान

उपचारको साटो झारफुकतिर लागेपछि कुपोषणले लियो बच्चाको ज्यान

खलंगाः कुपोषण भएको बच्चालाई उपचार गर्नुको साटो धामीझाँक्री र झारफुक गर्न तिर लागेपछि जाजरकोटमा एक बालकको ज्यान गएकोे छ। पजारु–९ पैरामका कर्णबहादुर नेपालीका १४ महिनाका छोरा अनेगत नेपालीको कुपोषणका कारण ज्यान गएको हो।

स्थानीय खडक बुढाका अनुसार १४ महिनाका ति बालकको तौल पाँच किलोमात्र रहेको थियो। कडा कुपोषण भएका ति बालकको उपचारको साटो गाँउघरमै धामीझाँक्रीसँग झारफुक गर्ने गरिएका कारण उपचार नपाएर उनको ज्यान गएको बुढाको भनाइ छ ।

केही दिनअघि जिल्ला सदरमुकाम खलंगाबाट फिल्ड भ्रमणमा गएका सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर तेजबहादुर बस्नेतले यो बच्चालाई कडा खालको कुपोषण भएको हो तत्काल उपचारका लागी सदरमुकाम लिन सुझाव दिएको बताए। तर, आर्थिक अवस्था नाजुक भएको नेपाली परिवारले बालकलाई उपचारको लागि सदरमुकामस्थित जिल्ला अस्पताल लैजाने रकम जुटाउन नसकेको स्थानीयको भनाई छ।

‘सुुरुमा केही भुतप्रेत लागेको छ कि भनेर झारफुकतिर लाग्यौ। उपचार गरे निको होला भन्ने केही थाह पाएनौं,’बाबु कर्णबहादुरले भने ‘गाँउका स्वास्थ्य चौकी नाम मात्रका छन्। सदरमुकाम र जिल्ला बाहिर उपचारका लागि लैजाने पैसा भएन के गरौं।’ गरिबी र जनचेतनाको अभावले जिल्लामा धेरै बालबालिका कुपोषित रहेको देखिन्छ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा जाजरकोटमा ५ वर्ष मूनिका १७ हजार बालबालिका रहेका छन्। ति मध्ये ९ प्रतिशत बालबालिका कुपोषित र तीन सय बालबालिका कडा खाले कुपोषणबाट ग्रस्त भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.