साङयङको सोरुम उद्घाटन

साङयङको सोरुम उद्घाटन

काठमाडौं: साङयङ मोटर्स्का नेपालका लागि आधिकारिक विक्रेता आइएमएस मोटर्स प्रालिले आफ्नो नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले नक्सालमा (प्रहरी हेडक्वार्टरअगाडि) सबै सुविधासम्पन्न, आधुनिक तथा स्टेट-अफ-आर्ट एक्सलुजिभ सोरुम उद्घाटन गरेको हो। आफ्नो डिलर नेटवर्क र स्टेट-अफ-आर्ट सेवालाई ग्राहकमाझ विस्तार गर्ने लक्ष्य लिएको कम्पनी सुरु भएको कम्पनीले जनाएको छ।

यसै सन्दर्भमा, साङयङका सबै टेक्निसियन तथा सर्भिस इन्जिनियरलाई प्रशिक्षण दिन कोरियन प्रशिक्षक च्याङ हुन च्याङलाई कम्पनीले फेब्रुअरी ६ देखि फेब्रुअरी १० सम्मका लागि नेपालमा आमन्त्रण गरेको थियो। प्रशिक्षकले उनलाई साङयङ कारमा देखिने समस्या हल गर्न, ट्रबलसुट, नयाँ टेक्नोलोजी डायग्नोसिस तथा समाधानका प्रक्रियाजस्ता विभिन्न विषयवस्तुमा प्रशिक्षण दिएका छन्।

यस प्रशिक्षणले कम्पनीले साङयङ गाडीमा हुने निरन्तर इन्नोभेसन तथा टेक्नोलोजिकल विस्तारसँग अपडेट रहन मद्दत पुर्‍याउनेछ। ट्रेनिङको अन्त्यमा कम्पनीको टेक्निकल टिमको परीक्षासमेत लिई प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको थियो।

२०१७ को मार्च तथा सेप्टेम्बर अन्त्यसम्म कम्पनीले नयाँ कोरान्डो तथा रेक्सटनको अनावरण गर्ने जनाएको छ। कम्पनीका अनुसार आगामी दिनमा पनि अटोमोबाइल टेक्नोलोजीमा निरन्तर टेक्नोलोजिकल प्रगति हुनेछ।

कम्पनीको टेक्निकल टिमलाई सो परिवर्तनसँग अपडेट गराउनु नै प्रशिक्षणको प्रमुख लक्ष्य हो। भविष्यमा पनि कम्पनीले कोरियन टिमलाई नेपाल बोलाएर वा यहाँको टिमलाई कोरिया पठाई यसप्रकारका प्रशिक्षण दिने कम्पनीले जनाएको छ।

यसले हाम्रो टिमलाई अझै बलियो बनाउनुका साथै ग्राहकलाई एकै प्रक्रिया तथा मापदण्डमा सेवा प्रदान गर्न सक्षम बनाउने कम्पनीले बताएको छ। आइएमएस मोटर्स् ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने कम्पनीले प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.