नेपाल एग्रिटेकमा महिन्द्राका कृषि समाधान

नेपाल एग्रिटेकमा महिन्द्राका कृषि समाधान

काठमाडौः महिन्द्रा एन्ड महिन्द्राका लागि नेपालको आधिकारिक विक्रेता अग्नि ग्रुपले नेपालको पहिलो ‘नेपाल एग्रिटेक, २०१७’ मा आफ्नो सम्पूर्ण कृषि समाधानको रेन्जलाई प्रदर्शनीमा राखेको छ ।

बिहीबार काठमाडौंमा भएको उक्त प्रदर्शनीमा महिन्द्रा ट्र्याक्टर अन्तर्गत अर्जुन नोभो ६०५ डिआई ४ डब्लुडी र युभो ५७५ डिआई रहेका छन् भने स्वराज ट्र्याक्टरमध्ये स्वराज ८५५ र ९६० एफई पनि राखिएको थियो । त्यसैगरी, एप्लिट्र्याक अन्तर्गत रोटेभेटरका साथै अर्थमास्टर एसएक्स् ४डब्लुडी पनि प्रदर्शनीमा राखिएको कम्पनीले जनाएको छ ।

नेपालका कृषकको जीवनमा सकारात्मक प्रभाव पार्न कृषि प्रविधिमा समृद्धिको लक्ष्यसहित महिन्द्राले उक्त कार्यक्रममा एग्रिजोनको संरचनासमेत गरेको थियो । उक्त एग्रिजोनले प्राविधिक रूपमा उन्नत महिन्द्रा नोभो तथा युभो ट्र्याक्टर, एप्लिट्र्याक इम्प्लिमेन्ट्स् र स्वराज ट्र्याक्टरसँगै चाँडै अनावरण गर्न लागिएको हो ।

महिन्द्राको उपयुक्त कृषि परामर्श तथा कृषि‍-अर्थशास्त्र सेवा प्रदान गर्ने फ्ल्यागसिप पहल ‘समृद्धि सेन्टर’ पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.