सनराइज बैंकद्वारा अभिमुखीकरण कार्यक्रम
काठमाडौः सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीतिसम्बन्धी चौथो अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक भोगेन्द्र गुरागाइँले गरेका छन् । उक्त कार्यक्रम भक्तपुर उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा परम्परागत रूपमा प्रदान गर्दै आएका वित्तीय सेवामा मात्र सीमित नरही आधुनिक सूचना प्रविधिको विकास सँगसँगै व्यवसाय सञ्चालनमा पर्न सक्ने समस्या र व्यवसाय सञ्चालन पूर्व अपनाउनुपर्ने सामान्य विधिबारे प्रकाश पारिएको थियो । साथै, व्यवसायलाई अपेक्षित रुपमा वृद्धि गर्नु उद्यमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई ध्यानमा राख्दै बैंकले आफ्ना गा्हक वर्गमा वित्तीय परामर्श पुर्याउने उद्देश्यले सनराइज बैंक एडभाइसरी सेलको स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी गर्दै आएको छ ।
बैंकका एसएमई हेड हरि आचार्यले बैंक आफ्ना शाखा सञ्जालमार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीसमक्ष पुर्याउने उद्देश्यका साथ अगाडि बढेको जनाएका छन् । ‘हामी सँगसँगै’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको बैंकले आफ्ना ग्राहकलाई आधारभूत कर तथा लेखा नीतिसम्बन्धी सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलाप सुरु गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गर्ने र थप कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।