क्लोनी दम्पतिका वेटिङ बेबी

क्लोनी दम्पतिका वेटिङ बेबी

किंग अफ हलिउडका रुपमा चिनिएका हलिउड एक्टर जर्ज क्लोनी र क्विन अफ कोर्टको रुपमा चिनिएकी उनकी श्रीमती अमाल क्लोनी जुम्ल्याहा बच्चाको अभिभावक बन्ने भएकाछन् । मानव अधिकारवादी सेलिब्रेटी वकिलको रुपमा ख्याती कमाएकी अमाल पहिलो पटक आमा बन्ने भएकी हुन् । उनले मार्चमा आफना जम्ल्याहा सन्तानलाइ जन्म दिने भएकीछिन् ।

हलिउडमा रोयल कपलको रुपमा चिनिएका यी जोडीको चर्चा निकै उचाइमा पुगेका छ । ३८ वर्षिय अमाल र ५५ वर्षिया जर्जको जोडीले सन् २०१४ मा विवाह गरेका थिए । इटालीको भेनिस शहरमा उनीहरुको विवाह सम्पन्न भएको थियो । अमाल लेबनानीब्रिटीस महिला हुन् । उनको अमेरीकाको हाइपेड सेलिब्रेटी वकील हुन् ।

बच्चा जन्मिने भन्ने समाचारम उनीहरुले आधिकारीक रुपमा केही धारणा व्यक्त नगरे पनि अमाल धेरै पहिलादेखी सार्वजनिक कार्यक्रमहरुमा खासै उपस्थिती जनाएकी छैनन् । उनको पेट बढेको कारण उनी यस्ता कार्यक्रमहरुम सहभागि नभएकी हुन सक्ने पश्चिमा मिडियाहरुले लेखेकाछन् ।

यी जोडीले एक अनाथ बच्चालाइ आ श्रय दिएको भन्ने खबर आए पनि क्लोनि दम्पतिले यस खबरको खन्डन गरेका थिए ।
अमालसँग दोस्रो विवाह गर्न पुगेका जर्जको पहिलो श्रीमती अभिनेत्री तालिया बाल्सामसँग विवाहको पाँच वर्षपछी सम्बन्ध टुटेको थियो । त्यसपछी अमालसँग निकै धुमधामको साथ विवाह गरेका थिए ।

हाई प्रोफाइल वकिलको रूपमा ख्याति कमाएकी अमाल क्लोनी लेबनानको बेरुतमा जन्मिएकी अमालको परिवार त्यहाँ भएको गृहयुद्धको कारण बेलायतमा बसाइ सरेको थियो । उनी बेलायती वकिलको रूपमा काम गरे पनि विस्तारै अन्तर्रा्ष्ट्रिय रूपमा ख्याति कमाउन सफल भईन् । हलिउड स्टार जर्ज क्लोनीसँग विवाह गरेकी उनी ३८ औं वर्ष पुग्दासम्म विश्वमा उत्कृष्ट वकालतकर्ता (वकिल) एवं मानवअधिकारवादीका रूपमा संसारको ध्यान खिच्न सफल भएकी छन्।

अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त वकिल बन्नु सौभाग्यको कुरा हुन्छ । यो सौभाग्य पाएकी छन् अमाल क्लोनीले । विश्वमा निकै विवादास्पद मानिएका व्यक्ति एवं मुद्दामा उनले वकालत गरेर नाम कमाएकी हुन् ।

अमालले वकालत गरेका विश्वचर्चित मुद्दामध्ये ‘विकिलिक्स' का संस्थापक अध्यक्ष जुलियन आसान्जको मुद्धा पनि हो । आसान्जको अधिकारको पक्षमा वकालत गर्दै उनले कसैलाई पनि बन्दुकको बलले दबाएर राख्न नहुने तर्क गरेकी थिइन्।
कसैलाई जेलमा कोच्नुभन्दा पहिले उसको मानवअधिकारका बारेमा विचार गर्नुपर्ने अमालको राय निकै चर्चित बनेको थियो । अमाल क्लोनीको अमेरिकी राष्ट्रपतिको चुनावी दौडानमा डोनाल्ड ट्रम्पका बारेमा आलोचना गर्दै हिलारी क्लिन्टनको पक्षमा लागेकी थिइन।

‘स्टाइलिस्ट' छवि बनाएकी उनी आफ्नो प्रतिभा, फेसन सेन्स, पहिरन एवं जीवनशैलीका कारण कुनै हलिउड सेलिब्रेटीभन्दा कम चर्चित छैनन्।

मानवअधिकारको पक्षमा सधैं सचेत रहने अमालले डोनाल्ड ट्रम्पमा गुण नभएको वयतmीको रुपमा आरोप लगाएकी थिइन् । विशेषगरी महिला सशक्तीकरणका बारेमा आवाज उठाउँदै आएकी उनले ट्रम्पलाई ‘नकारात्मक सोच भएको मानिस'का रूपमा समेत टिप्पणी गरेकी थिइन् ।

ट्रम्पले मेक्सिकन नागरीकले अमेरिकामा अपराध फैलाउन भूमिका खेलेकाले मेक्सिकोको सिमानामा अग्ला पर्खाल लगाउनुपर्ने, मुस्लिमलाई अमेरिका आउन निषेध गरिनुपर्ने अभिव्यक्ति दिएकोप्रति पनि खेल व्यक्त गरेकी थिइन् ।

मुस्लिमहरूको आलोचना गर्ने गरेको, हिलारीका श्रीमान् पूर्वराष्ट्रपति विल क्लिन्टनको अफेयरको बारेमा अपवाफ फैलाएको, हिलारीले धेरै महिलाको चित्त दुखाएको, हिलारीलाई कसैले सम्मान नगर्ने जस्ता नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै अमालले ट्रम्पलाई ‘नकारात्मक मानिस'को संज्ञा दिएकी थिइन् ।

पछिल्लो समय अमालले एकजना अजरबैजानी पत्रकारको बारेमा पनि वकालत गरेकी थिइन् । खालिदा नाम गरेकी पत्रकार अनुसन्धानात्मक रिपोर्टरका रूपमा काम गर्दै आएकी छन्। रेडियो पत्रकार, मानवअधिकारवादी तथा फिलान्सरका रूपमा काम गर्दै आएकी खालिदालाई दिएको सातवर्षे जेल सजाय विरुद्ध अमालले आवाज उठाएकी थिइन्।

एक वर्षभन्दा धेरै जेल बसेका इजिप्टियन क्यानेडियन पत्रकार मोहम्मद फामीका पक्षमा पनि उनले वकालत गरेकी थिइन्। अलजजिरा टेलिभिजनमा सन् १९१५ मा अमेरिकामा भएको नरहत्याको रिपोर्ट पेस गरेका थिए। त्यतिबेला धेरै अमेरिकनले ज्यान गुमाएका थिए।
संसारका कुनै पनि मुलुकले मानवअधिकारलाई सम्मान गर्नुपर्ने र पीडितको आवाज सुनुवाइ हुनुपर्ने मान्यता राख्दै आएकी छन् । ‘कानुनी आधारमा पारदर्शिता, कानुनको सिद्धान्त लागू' अमालका सार्वजनिक धारणा हुन।

अरेबियन मुलुकमा मानवअधिकार हननका घटना धेरै हुने र यस्ता मुलुकका नागरिकले फरक खालको मानवअधिकार संकट झेल्दै आएको अमालको अनुभवले बताउँछ । यस्ता समस्या वार्तामार्फत समाधान गरिनुपर्छ भन्ने मान्यता राख्ने उनले सुडान, इरान, उत्तर कोरिया, यमनलगायतका विभिन्न मुलुकको शासन प्रद्धतिप्रति नै आपत्ति जनाउँदै आएकी छिन्।

अमालको चर्चित वकालतमा मुद्दामा युक्रेनका प्रधानमन्त्री युलिया त्यामोसेन्को मुद्धा पनि अर्को हो । अमालले युलियाको पक्षमा मुद्धा लडेपछी उनलाइ थप चर्चामा ल्याएको थियो ।

सिरियाली मामिलामा कोफी अन्नानको लागी संयुक्त राष्ट्रसंघको प्रतिनिधि भएर काम गरेकी अमालले जर्मनी चान्सलर एन्जेला मार्केललाई बर्लिनमा शरण लिइरहेका सिरियाको शरणार्थी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि सल्लाह दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.