हिमालयन बैंकद्वारा सहयोग
काठमाडौः हिमालयन बैंक लिमिटेडले नागार्जुनको आदेश्वरस्थित हेल्पिङ ह्यान्ड्स चिल्ड्रेन होमका बालबालिकालाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले चिल्ड्रेन होमका २१ जना बालबालिकालाई स्कुल ब्याग, जुत्ता तथा खाद्यान्न (चामल, दाल, खानेतेल, नुन, चिनी, गेडागुडी, बिस्कुट आदि) प्रदान गरेको जनाएको छ । उक्त संस्थाले देशका विभिन्न स्थानका अनाथ बालबालिकालाई आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्री संस्थालाई हस्तान्तरण गरेका छन् ।