गुडलाइफको ट्रिट क्रिम रोल बजारमा
काठमाडौः एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्रीले आफ्नो नयाँ प्रोडक्ट ‘ट्रिट क्रिम रोल’ बजारमा ल्याएको छ । उच्चस्तरीय र परिस्कृत मेसिन प्रयोग गरी उत्पादन गरिएको यस ट्रिट क्रिम रोल, रोल वेफरको वर्गमा एउटा नयाँ आयाम भएको कम्पनीले जनाएको छ । यस ट्रिट क्रिम रोलको बाहिरी भागमा क्रिस्पी वेफर रहेको र भित्री भाग क्रिमले भरिएको छ । बजारमूल्य ५ रुपैयाँ रहेको यस क्रिम रोल वेफर चकलेट, स्ट्रबेरी, ओरेन्ज र मिल्क स्वादमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको स्वाद र गुणस्तरले यो चकलेट अबको केही समयमै सबैभन्दा बढी बिक्री हुने चकलेटका रूपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ ।
२०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक कम्पनी हो । नेपाली उपभोक्तामाझ निकै रुचाइएको गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेट उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधि प्रयोग गरी आफ्ना उपभोक्तालाई अरू ब्रान्डको तुलनामा सुपथ मूल्यमा उच्चस्तरीय गुणस्तर र स्वाद प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।