परराष्ट्रमन्त्रीद्धारा लक्जम्बर्गका प्रधानमन्त्रीसँग भेट

परराष्ट्रमन्त्रीद्धारा लक्जम्बर्गका प्रधानमन्त्रीसँग भेट

काठमाडौः युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले बिहीबार लक्जम्बर्गका प्रधानमन्त्रीसहित अन्य दुई मन्त्रीसंग भेटवार्ता गरेका छन् । मन्त्री डा.महतले लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेललाई लक्जम्बर्गले उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गरे ।

सो आग्रहपछि प्रधानमन्त्री बेटेलले नयाँ दिल्लीमा रहेको लक्जम्बर्गको दूताबास र बेल्जियममा रहेको नेपाली दूताबासमार्फत यो प्रक्रिया अगाडि बढाउने र नेपाललाई पनि सहयोगको प्राथमिकताको सूचीमा राख्ने बारेमा पुनर्विचार गर्ने आवश्वासन दिएको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले बताए ।

हालसम्म लक्जम्बर्गले नेपाललाई युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुमार्फत विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।

मन्त्री डा महतले यस सहयोगका लागि विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि नेपाललाई विशेषगरी पूर्वाधार निर्माण, सीप विकास र पुननिर्माणका क्षेत्रमा थप सहयोगका लागि आग्रह गरे ।

प्रधानमन्त्री बेटेलले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने र थप सहयोगका क्षेत्रको विस्तारमा पनि आफूहरु सकारात्मक रहेको जानकारी दिए ।

मन्त्री डा.महतले आजै लक्जम्बर्गका विदेशमन्त्री जिन असलबर्न र अन्तर्राष्ट्रिय विकासमन्त्री रोमेन सिडरसँग पनि द्धिपक्षीय भेटवार्ता गरे ।

ती भेटहरुमा पनि मन्त्री डा.महतले नेपालमा लगानीको क्षेत्र विस्तारका साथै नेपालको बृहत्तर विकासमा सहयोगका लागि आग्रह गरे । मन्त्री डा.महत बिहीबार नै बेल्जियमबाट लक्जम्बर्ग पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.