स्वास्थ्यकर्मीको आन्दोलनले खोपसमेत प्रभावित

स्वास्थ्यकर्मीको आन्दोलनले खोपसमेत प्रभावित

बिर्तामोडः स्वास्थ्यकर्मीको आन्दोलनका कारण बालबच्चालाई लगाउने खोप कार्यक्रमसमेत अवरुद्ध भएको छ । स्वास्थ्य सेवा ऐनले दिएको अधिकारअनुसार आफूहरूको स्तर वृद्धि गरी पदस्थापन गर्नुपर्नेलगायतका माग राखी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले फागुन २ गतेदेखि आन्दोलन थालेपछि जिल्लाभरमा खोप लगाउने कार्यक्रमसमेत प्रभावित भएको हो ।

सम्पूर्ण खोप लिन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो तर बुधबार फागुन ४ गते झापाको बुधबारे २ जयपुरको खोप केन्द्रमा दिनभर बच्चाका आमा तथा तिनका परिवारका सदस्य खोप लगाउने स्वास्थ्यकर्मीको पर्खाइमा थिए । २ बजेसम्म स्वास्थ्यकर्मी नआएपछि उनीहरू आफ्ना बच्चा लिएर घर फर्कन बाध्य भए । उनीहरूलाई कर्मचारीको आन्दोलन छ भन्ने जानकारी थिएन ।

एक वर्षीया छोरीलाई लिएर जापानिज इन्सेफ्इलाइटिस (जेई) को खोप लगाउन खोप केन्द्र पुगेकी बुधबारे २ कि देविका उप्रेती बजगार्इंले छोरीको नियमित खोप छुटेकोमा दुःखेसो पोखेकी छन् । उनीसँगै अन्य दर्जनौं आमाहरू आफ्ना बच्चाको नियमित खोप छुटेकोमा चिन्तित छन् । देविकाले भनिन्, ‘हामीलाई कर्मचारीको आन्दोलनबारे जानकारी थिएन । दिनभर खोप लगाउन भनेर बच्चा बोकेर बसियो तर उनीहरू आएनन् ।'

खोप नचल्नुको कारणबारे बुधबारे स्वास्थ्यचौकीका भोला अधिकारीले कर्मचारी आन्दोलनले २०७० साल चैत १२ गते अगाडि स्तर वृद्धि भएका तर पदस्थापन नभएका कर्मचारीको तुरुन्त पदस्थापन नहुन्जेल आन्दोलन भइरहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कर्मचारीका ट्रेड युनियनको आन्दोलनका कार्यक्रमका कारण कर्मचारी नियमित काममा नगएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसूदन कोइरालाले कर्मचारीलाई अनेक अनुरोध गर्दा पनि अत्यावश्यक कामका लागि कर्मचारी नगएको बताए । कर्मचारीको आन्दोलनका कारण जिल्लाबाट चल्ने नियमित स्वास्थ्यसम्बन्धी कार्यक्रम, राष्ट्रिय कार्यक्रम, पोषणलगायतका कार्यक्रम प्रभावित भएका छन् । स्वास्थ्य संस्थामा ओपीडी सेवासमेत बन्द छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.