पत्नी कोमलको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र चितवनमा

पत्नी कोमलको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र चितवनमा

भरतपुरः पूर्वराजा ज्ञानेन्द्र शाह चितवन आइपुगेका छन्। बिहीबार सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शुक्रबार दिउँसो चितवन आइपुगेका हुन्।

शनिबार परेको पत्नी कोमलको जन्मदिन मनाउन चितवन आइपुगेका पूर्वराजा शाहलाई भरतपुरमा भव्य स्वागत गरिएको थियो। राष्ट्रिय नागरिक संघर्ष समिति चितवन र नवलपरासीको आह्वानमा पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमललाई स्वागत गरेका हुन्।

komal-shah

समितिले भरतपुरको चौबीसकोठीमा 'आजको आवश्यकता राष्ट्र बचाउन राजसंस्था' भन्ने नारा उल्लेखित ब्यानर टाँसेको थियो। पूर्वराजा रानीको जयजयकार गरिएको ब्यानरमा ‘राजा आऊ देश बचाऊ, नेपालको मेरुदण्ड राजसंस्था’ भन्ने नारासमेत लेखिएको थियो। पूर्वराजारानीको स्वागतका लागि सर्वसाधारणले दुई घण्टा लामो प्रतिक्षा गरेका थिए। पूर्वराजा रानीको भ्रमणलाई ध्यान दिएर चौबीसकोठी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

gyanendra-ko-swagat

सिमराबाट आफैले गाडी हाँकेर चितवनको भरतपुर आएका पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित शुक्रबार नै चितवनको मेघौली पुगेका छन्। मेघौली जानुपूर्व उनले भरतपुरस्थित एक रिसोर्टमा शुभचिन्तक र प्रशंसकहरुलाई भेटेका थिए।

मेघौलीस्थित एक रिसोर्टमा पूर्वरानी कोमलको जन्मदिन मनाउने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.