स्थानीय निर्वाचनको मिति घोषणा भोलि

स्थानीय निर्वाचनको मिति घोषणा भोलि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादव र आयुक्तसंगको भेटमा प्रजातन्त्र दिवसको अवसरमा भोलि स्थानीय निर्वाचनको मिति तोकिने बताएका छन् ।

उनको भनाइ उदद्धृत गर्दै आयोगका एक सदस्यले भने, ‘प्रधानमन्त्री दाहालले आफूहरुसंगको भेटमा स्थानीय निर्वाचनको मिति भोलि तोकिने बताउनुभएको छ ।’

आयोगका पदाधिकारीले स्थानीय निर्वाचनको मिति घोषणा चाँडोभन्दा चाडो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आयोका प्रमुख आयुक्त यादवले आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरेको भएपनि प्रधानमन्त्रीले हप्ता दस दिनको फरकमा निर्वाचन गराउनु पर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्रीले आयोगका पदाधिकारीसंगको परामर्शमा मुलुकको सुरक्षा स्थितिलाई समेत ध्यान दिँदै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने दाबी उनको सचिवालय स्रोत गर्छ ।

प्रधानमन्त्री दाहालसंग शुक्रबार साँझ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेट गरे सो भेटमा यादवले मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनपछि निर्वाचनको मिति तोक्न आग्रह गरेको जानरकारी प्रधानमन्त्री सचिवालय स्रोतले अन्नपूर्णलाई दियो ।

स्रोतले भन्यो, ‘संशोधन प्रक्रिया र निर्वाचनको प्रक्रिया एक साथअघि बढाउने उद्देश्यका साथ आफूले प्रजातन्त्र दिवसका दिन नै स्थानीय निर्वाचनको मिति तोक्दैछु ।’

संविधान संशोधन एक महिनाबीच हुने र त्यसका लागि आफूले प्रमुख प्रतिपक्षी दलको सहयोग जुटाउएको जानकरी दाहालले यादवलाई दिएका थिए । स्थानीय निर्वाचनलाई मोर्चाले पूर्ण सहयोग, समथर्न र सहभागी हुने कुरामा आफू विश्वस्त रहेको धारणा प्रधानमन्त्रीले राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.