‘स्थानीय निर्वाचन मिति घोषणा आजै’

‘स्थानीय निर्वाचन मिति घोषणा आजै’

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरूसँगको भेटमा प्रजातन्त्र दिवसका अवसरमा शनिबार स्थानीय निर्वाचन मिति तोकिने बताएका छन् । ‘प्रधानमन्त्री दाहालले हामीसँगको भेटमा स्थानीय निर्वाचनको मिति शनिबारै तोकिने बताउनुभयो', प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै आयोगका एक सदस्यले भने ।

जतिसक्दो छिटो स्थानीय निर्वाचनको मिति घोषणा गर्न आयोग पदाधिकारीले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । आयोगका प्रमुख आयुक्त यादवले आगामी जेठ १ र २१ गतेको मिति प्रस्ताव गरे पनि प्रधानमन्त्रीले भने ‘साता-दस' दिनको फरकमा निर्वाचन गराउनुपर्ने धारणा राखेको बताइएको छ । प्रधानमन्त्री दाहालले आयोगका पदाधिकारीसँगको परामर्शमा मुलुकको सुरक्षा अवस्थालाई समेत दृष्टिगत गरी शनिबार नै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएको प्रधानमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

प्रधानमन्त्री दाहालसँग शुक्रबार साँझ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत भेट गरेका छन् । उक्त भेटमा यादवले मोर्चासँगका तीनबुँदे सहमतिअनुसार संविधान संशोधनपछि मात्र निर्वाचन मिति तोक्न आग्रह गरेको प्रधानमन्त्री सचिवालय स्रोतले अन्नपूर्णलाई जानकारी दिएको छ । ‘संशोधन र निर्वाचन प्रक्रिया एकसाथ अघि बढाउने उद्देश्यका साथ मैले प्रजातन्त्र दिवसका दिन नै स्थानीय निर्वाचन मिति तोक्दैछु', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालय स्रोतले भन्यो । स्थानीय निर्वाचनमा मोर्चाको पूर्ण सहयोग, समथर्न रहनेमा आफू विश्वस्त रहेको धारणा प्रधानमन्त्रीले राखेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.