पेजल ब्रान्डको सो-रुम चावहिलमा
काठमाडौंः पर्वतीय आरोहणमा आवश्यक सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी पेजलको चावहिलमा पहिलो सो-रुम स्थापना भएको छ । फ्रान्समा निर्मित पेजलका सामान हिमाली क्षेत्रमा लक्षित गरी नेपाल भित्र्याएको शेर्पा क्लाइम्बिङ गियरले जनाएको छ ।
हिमाल आरोहण, वाल क्लाइम्बिङ, स्किका लागि प्रयोग हुने आइसएक्स, ज्युमार, हार्डनेस, हेलमेट, रोप, आइस स्क्रु, ग्रि ग्री विले डिमाइस, सिसेन्डर, टर्चलाइट, टेन्टलगायतका चार दर्जनभन्दा बढी सामग्री उपलब्ध हुने सञ्चालक लाक्पा शेर्पाले बताए ।
पेजल पुरानो ब्रान्ड भए पनि उत्पादन सामग्री समयानुकूल, हल्का, मजबुत, स्तरीय, आरामदायी र उपयुक्त मूल्यमा उपलब्ध गराउने उनले बताए । बजारमा आएका कमसल सामग्रीले हिमाल आरोहणका क्रममा समस्या दिने गरेको गुनासो छ । हिमाल आरोहण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाइड, ट्राभल एजेन्सीका लागि विशेष छुट उपलब्ध गराई बिक्री सुरु गरेको जनाएको छ ।