सरकार र मधेशी माेर्चा बैठक सुरु
काठमाडौः सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बिहान ११ बजे सुरु भएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर छलफल चलिरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु सहभागी छन् ।