ढुंगा र बालुवा निकाल्ने क्रम बढेपछि कुरुप बन्दै नदी

ढुंगा र बालुवा निकाल्ने क्रम बढेपछि कुरुप बन्दै नदी

म्याग्दी: कालीगण्डकी र म्याग्दीनदीका बगरबाट अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्ने क्रम बढेपछि नदी कुरुप बन्न थालेका छन् ।

नदी छेउका बगरमा डोजर लगाएर ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुप नै परिर्वतन आउन थालेका छन् । अनियन्त्रित रुपमा ढुङ्गा र बालुवा निकाल्न थालेपछि नदीका छेउछाउका गाउँसमेत खतरामा परेका छन्।

बढ्दो सहरीकरणका कारण घर निर्माण हुने क्रम बढ्दै गएपछि ढुङ्गा, गिट्टी र बालुवाका लागि म्याग्दी र कालीगण्डकीका बगर धमाधम खनिँदै छन् । यसबाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँलाई समेत खतरा उत्पन्न भएको स्थानीयको गुनासो छ।

'जथाभावी रुपमा नदीबाट ढुङ्गा र बालुवा निकालिँदै छ, नियमन निकाय मौन भएर बसेका छन्, नदीले धार परिवर्तन गर्दा नदीको सौन्दर्य नै लोप हुन थालेका छन्,' बेनी नगरपालिका-४ का कृष्णवहादुर किसानले बताए।

सरकारी स्वामित्वमा रहेका खोला नदी केही व्यक्तिका लागि दुहुनोगाई झैं बनेको छ भने जिल्ला विकास समिति र सम्बन्धित गाविसले पनि त्यसबाट प्राप्त हुने रोयल्टीमा नै मक्ख परेका छन्। यसबाट नदीको बगर अतिक्रमण हुनुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको गुणासो छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.