पर्खालमा च्यापिएर मजदुरको मृत्यु, तीन गम्भीर घाइते

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, तीन गम्भीर घाइते

पर्सा: वीरगन्जको आदर्शनगरमा आज बिहान पर्खाल भत्किँदा त्यसमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ ।

वीरगन्ज उपमहानगरपालिका-१३ आदर्शनगर निवासी श्यामबाबुप्रसाद गुप्ताको घरको पर्खाल भत्किँदा त्यसमा च्यापिएर रौतहट रमौलाती गाविस–४ निवासी वर्ष २६ का रामपुरकार सहनीको मृत्यु भएको हो।

सो घटनामा रौतहटकै रमौली-४ निवासी उपेन्द्र दास, वडा नम्बर २ निवासी बालेश्वर सहनी र रौतहट मदनपुर-१ निवासी गणेश साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एसियाली विकास बैंक एडिबीको अनुदानमा वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत वीरगन्जको आर्दशनरमा निर्माण भइरहेको ढल तथा नालाको निर्माण कार्य भइरहेको बेला गुप्ताको घरको पर्खाल भत्किँदा चारै जना मजदुर च्यापिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.