प्रहरीलाई सुध्रिन प्रहरी नेतृत्वकै निर्देशन

    प्रहरीलाई सुध्रिन प्रहरी नेतृत्वकै निर्देशन

 

काठमाडौं : काठमाडौं प्रहरी परिसरले मातहतका वृत्तका प्रहरीलाई सुध्रिन निर्देशन दिएको छ । आफ्नो जिम्मेवारी राम्रोसँग वहन नगरेको गुनासो आएपछि परिसरले गम्भीर भएर काम गर्न आदेश दिएको हो ।

‘हामी निश्चित नीति र उद्देश्यद्वारा निर्देशित छौं । माथिल्लो निकायको निर्देशन र नीतिलाई हामीले अवलम्बन गर्नुपर्छ’, परिसर प्रमुख छविलाल जोशीले भने, ‘आफ्नो नीति र जिम्मेवारीभन्दा बाहिर गएर काम गर्नेलाई कडा कारबाही गर्छौं ।’

राजधानीका केही स्थानमा प्रहरी निकायले जिम्मेवारीपूर्वक काम नगरेको सूचना पाएका आधारमा जिल्ला प्रहरीले स्थलगत भ्रमणसमेत गरेको जोशीले जानकारी दिए । ‘यस विषयमा हेडक्वार्टरमा पनि कुरा भएको छ । माथिल्लो निकाय पनि गम्भीर छ’, जोशीले भने । जोशीले जिल्ला विकास समिति (जिविस) को अनुमतिबेगर प्लटिङ गर्ने, डोजर चलाउने र बालुवा झिक्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको बताए ।

दुई डीएसपी र एक निरीक्षकलाई सचेत
काठमाडौं प्रहरी परिसरले मातहतका दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) र एक निरीक्षकलाई सचेत गराएको छ । परिसरले काँडाघारी वृत्तका निरीक्षक मनोज श्रेष्ठ, स्वयम्भू वृत्तका डीएसपी कमल शाह र दरबारमार्ग वृत्तका डीएसपी कृष्णबहादुर पालीमगरलाई सचेत गराएको हो । काँडाघारीमा स्थानीय खोलाबाट बालुवा ओसारिरहेका तीनवटा ट्रक नियन्त्रणमा लिएपछि प्रहरीको बेवास्ता कमजोरी भएको निष्कर्ष निकाल्दै निरीक्षक श्रेष्ठलाई सचेत गराइएको हो ।

यसैगरी, स्वयम्भू क्षेत्रमा जुवा खेलिरहेका जुवाडेलाई बेवास्ता गरेको भन्दै डीएसपी शाहलाई र दरबारमार्ग क्षेत्रमा साताअघि दुई गुन्डा समूहबीच भएको झगडामा संलग्न सबैलाई पक्राउ गर्न नसकेको भन्दै डीएसपी मगरलाई सचेत गराइएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.