वनभित्रका टहरा भत्काइयो

वनभित्रका टहरा भत्काइयो

महेन्द्रनगरः कन्चनपुरको कृष्णपुर नगरपालिका १ स्थित नवदुर्गा सामुदायिक वनमा रातारात निर्माण गरिएका एक सयभन्दा बढी टहरा जिल्ला वन कार्यालयले हटाएको छ । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीसहित गएको वन कार्यालयको टोलीले शनिबार तीन दिनअघि सामुदायिक वनभित्र कब्जा गरी बनाइएका एक सय पाँचवटा टहरा हटाएको हो । एक साताअघि सार्वजनिक सूचना जारी गरी हट्न अनुरोध गर्दा अटेर गरेपछि शनिबार बलपूर्वक अतिक्रमित क्षेत्र खाली गराइएको निमित्त जिल्ला वन अधिकृत वीरबहादुर ठगुन्नाले जानकारी दिए ।

‘नजिकै रहेको भेटघाट शिविरबाट आएका केही मानिसले वन कब्जा गरे', उनले भने, ‘दुई दिनभित्रमै त्यहाँ रातारात एक सयभन्दा बढी टहरा निर्माण गरेर मानिस बसेपछि उनीहरूलाई हटाउनुपरेको हो ।' उक्त क्षेत्रमा अन्यत्र घर भएकाहरू पनि जग्गा पाइने भन्दै अतिक्रमणमा आएका हुन् ।

मध्यपश्चिमको कालीकोट, मुगु, डोल्पा, हुम्लासम्मका मानिस आएर वन क्षेत्रमा टहरा बनाएर बसेका हुन् । ‘जमिन पाइन्छ भन्ने सुनेर हामी पनि आएका हौं', अतिक्रमण गरी बसेका भक्तबहादुर शाहीले भने, ‘हामी वास्तविक सुकुमबासी भए पनि राज्यले व्यवस्था नगर्दा अतिक्रमण गरेर बस्नुपरेको हो ।'

आरक्षपीडित, बाढीपीडितलगायत सुकुमबासीलाई भेटघाट शिविरमा सर्वदलीय÷सर्वपक्षीय बैठकको निर्णयले केही वर्ष अघिदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि राखिएको हो । शिविरमा मानिस बसेको देखेर केही भूमाफिया समूहले जग्गा पाइने आश्वासन दिएर अरूलाई समेत ल्याएर वन अतिक्रमण गराउन खोजेको वन कार्यालयले जनाएको छ ।

तीन दिनमा उक्त वनमा जमिन अतिक्रमण गरी एक सय पाँचवटा टहरा बनाइएका थिए । ‘त्यहाँ टहरा निर्माण गर्ने क्रम बढ्न थालेपछि प्रशासनको सहयोगमा तिनलाई हटाइएको हो', निमित्त वन अधिकृत ठगुन्नाले भने, ‘राजनीतिक आडमा कन्चनपुरका अधिकांश ठाउँमा वन अतिक्रमण हुने क्रम बढ्दो छ ।'


एक साताअघि सार्वजनिक सूचना जारी गरी हट्न अनुरोध गर्दा नटेरेपछि शनिबार बलपूर्वक अतिक्रमित क्षेत्र खाली गराइएको हो ।

जिल्ला वन कार्यालयका अनुसार कन्चनपुर जिल्लामा झन्डै ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमणमा छ । वनमा टहरा बनाएर बसेका रणबहादुर धामीले आफू जोगबुढाको रंगन खोलाले विस्थापित बनाएकाले यहाँ टहरा बनाएर बसेको बताए । ‘हामीसहितका केही पीडित छौं, केही जमिन पाइने आशाले वन अतिक्रमण गरी बसेका छन्', उनले भने, ‘राज्यले जमिन नभएका वास्तविक सुकुमबासीको गास, बास र कपासको व्यवस्था गरोस् ।'

वन अतिक्रमण गर्ने र अरूलाई समेत ल्याएर अतिक्रमण गराउने काममा सक्रिय ६ जनालाई वन कार्यालयले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जयबहादुर बोहोरा, भक्तबहादुर शाही, रंगलाल धामी, आनन्द भण्डारी, मनवीर लावड र रायभान ठगुन्ना रहेका छन् ।

उनीहरूलाई वनक्षेत्र अतिक्रमणमा सक्रिय रहेको आरोपमा मुद्दा लगाएर आवश्यक कारबाही अघि बढाइने निमित वनअधिकृत ठगुन्नाले बताए । उनीहरूलाई अहिले जिल्ला वन कार्यालयको वन सुरक्षा शाखामा हिरासतमा राखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.