७० करोडमा गोमाका दुई नयाँ जहाज

७० करोडमा गोमाका दुई नयाँ जहाज

काठमाडौंः निजी हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले जहाजको संख्या थप गर्ने भएको छ । गोमा एयरले यसै साताभित्र एल ४१० सिरिजका दुई वटा नयाँ जहाज ल्याउने भएको हो । नयाँ जहाजसँगै गोमा एयरको जहाज संख्या ६ पुग्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार गोमा एयरले शुक्रबारसम्म एल ४१० सिरिजका दुई वटा नयाँ जहाज नेपाल ल्याइपुर्रयाउनेछ । उनका अनुसार शुक्रबारसम्म नेपाल आइपुग्ने भनिएका जहाज शनिबारै रुसबाट मंगोलिया आइसकेका छन् । जहाज ल्याउन कम्पनीले नागरिक उड्डयन प्राधिकरण र विमानस्थलको पनि अनुमति लिइसकेको छ ।

कम्पनीसँग यसभन्दा पहिले एल ४१० सिरिजकै डबल इन्जिनसहितका दुई वटा जहाज छन् । साथै कम्पनीसँग सिंगल इन्जिनका दुई वटा जहाज पनि छन् । नयाँ आउने जहाज एयरहोस्टेससहित १९ सिट क्षमताका हुन् । दुई वटै जहाज नेपाली पाइलट आङ दोर्जे शेर्पा र मनिष पन्तले ल्याउनेछन् ।

‘गोमाले झन्डै ७० करोड रुपैयाँको लगानीमा दुई वटा जहाज ल्याउन लागेको हो’, कार्कीले भने, ‘कम्पनीले अहिले ल्याउन लागेका यी जहाज डबल इन्जिनका हुन् ।’ उनका अनुसार नयाँ आउने जहाजले कम्पनीका अन्य जहाज जस्तै आन्तरिकतर्फ उडान भर्नेछन् ।

आन्तरिक उडानतर्फ दुर्गमका लागि भनेर चिनिने गोमा एयरले यसअघि सन् २०१४ र २०१५ मा यही सिरिजका जहाज ल्याएको थियो । दुर्गम उडानमा एक नम्बर गोमा एयरले आन्तरिकतर्फ सुदूरमा नेपालगन्ज बेस भएर सिमिकोट, जुम्ला, डोल्पा, रारा, बाजुरामा उडान भर्दै आएको छ भने पोखरालाई बेस बनाएर जोमसोम र मनाङमा उडान भरिरहेको छ । साथै कम्पनीले काठमाडौंलाई बेस बनाएर लुक्ला, थाप्लु, खानीडाँडा, संखुवासभा, तुम्लिङटार, सुकेटारमा पनि उडान भर्दै आएको छ । गोमा एयरले माउन्टेन फ्लाइट पनि गर्दै आएको छ ।

कार्कीका अनुसार नयाँ आउने जहाजले गोमाले यसअघि उडान भर्दै आएका ठाउँमा पनि नियमित उडानसहित थप सेवा पुर्रयाउनेछ । साथै गोमा एयरले भोजपुरमा पनि नयाँ उडान भर्ने योजना बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.