शाखा विस्तार गर्दै आशा लघुवित्त
काठमाडौः आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्ना दुई वटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले रूपन्देहीको तिलोत्तमा र कपिलवस्तुको बाणगंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । रूपन्देही शाखाको उद्घाटन सञ्चालक शंकरप्रसाद कालीकोटाले गरेका थिए भने कपिलवस्तु शाखाको उद्घाटन सञ्चालक खगेन्द्र भट्टचनले गरेका थिए ।
कार्यक्रममा सञ्चालक निर्गुणप्रसाद भट्टचन, बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानीय व्यक्ति र महिला सदस्यको उपस्थिति थियो । यस राष्ट्रियस्तरको वित्तीय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलालाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
सदस्यलाई उद्यमशील बनाई उनीहरूको सामाजिक तथा आर्थिक स्तर वृद्धि गर्न संस्थाले रूपन्देही र कपिलवस्तु जिल्लामा शाखा कार्यालय खोलेको संस्थाका प्रबन्धक जीवन खनालले जानकारी दिए । साथै संस्थाले धादिङ, सुनसरी तथा अन्य स्थानमा पनि छिटै शाखा विस्तार गर्ने योजना बनाएको छ ।