गुल्मीको तम्घासमा सिद्धार्थ बैंकको शाखा
काठमाडौः सिद्धार्थ डेभलपमेन्ट बैंकले गुल्मीको तम्घासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै अब सिद्धार्थ डेभलपमेन्ट बैंकका ३५ औं शाखा पुगेका छन् । उक्त शाखाको उद्घाटन रेसुंगा नगरपालिकाका बरिष्ठ नागरिक तिलकराम भण्डारीको प्रमुख आतिथ्यमा बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकले आमामी दिनमा देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै स्तरीय बैंकिङ सेवा प्रदान गर्ने जनाए । बैंकले पुस मसान्तसम्ममा १४ अर्ब २१ करोड निक्षेप संकलन गरी १२ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैंकले १८ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ ।