गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने

गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने

काठमाडौः गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस प्रदान गर्ने भएको छ । बैंकको शुक्रबार सम्पन्न दसौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

सभाले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीमा १० बराबर ७ का दरले चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताब पारित गरेको छ । साथै सभाले संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा चार जना सदस्य चयन गरेको छ ।

समितिमा दिलिपप्रताप खाँण, आनन्दप्रसाद श्रेष्ठ, चन्द्रकान्त बराल र श्यामप्रसाद बस्याल छन् । त्यसैगरि सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा हरिकुमार श्रेष्ठ, केशवराज ढकाल र विमल पाण्डे गरी तीन जना निर्वाचित भएका छन् ।

साधारणसभापश्चात सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक खाँणलाई बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

साधारणसभाबाट पारित बोनस सेयर वितरण तथा हकप्रद सेयर निष्कासनपश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २० करोड ४२ लाख ४३ हजार पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.