राष्ट्रिय वाणिज्य बैंकद्वारा छात्रवृत्ति प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा छात्रवृत्ति प्रदान

काठमाडौः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोपोन्मुख आदिवासी/जनजाती समुदायका विद्यार्थीको उच्च शिक्षामा विशेष टेवा पुर्रयाउने उद्देश्यले स्थापित रावा बैंक स्वर्ण जयन्तीमा छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति बैंक सञ्चालक समितिका सदस्य रामदेव सिंहले प्रदान गरेका हुन् ।

उक्त अवसरमा सञ्चालक सिंहले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको जनाए । साथै उनले छात्रवृत्ति पाउने विद्यार्थीको उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत बिष्णुप्रसाद वैद्यले यस किसिमको छात्रवृत्ति गत वर्षदेखि प्रदान गरिँदै आएको बताए ।

देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी/जनजाती समुदायका ६ जना विद्यार्थीलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनका लागि सो छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा ११ र १२ अध्ययनका लागि धर्मराज पथ्थरकट्टालाई दुई वर्षसम्म मासिक ३५०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

त्यसैगरी स्नातक तह अध्ययनका लागि कृष्णगोपाल हायू, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायू र राजाराम राजीलाई मासिक ५००० रुपैयाँका दरले तीन वर्षसम्म छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुशील श्रेष्ठ, कविराज अधिकारी, केशवप्रसाद लम्साल, विभागीय प्रमुख उद्धवप्रसाद खनाल, कपीलमणि ज्ञवाली, देवेन्द्ररमण खनाल, शंकरकुमार रायमाझी, विभागीय उप प्रमुख नारायणप्रसाद सुवेदी, कम्पनी सचिव शंभुनाथ योगीलगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.