किर्लोस्करको स्मार्ट मेघा टी
काठमाडौः किर्लोस्कर आयल इन्जिन लिमिटेडले कृषकका लागि ‘मेघा टि’ बजारमा ल्याएको छ । कम्पनीले लामो अध्ययन र अनुसन्धानपश्चात भारत, बंगलादेश र नेपालका दुई हेक्टरभन्दा कम जमिन भएका कृषकको आवश्यकतालाई बुझेर ‘मेघा टि’ बजारमा ल्याएको जनाएको छ ।
कम्पनीले उपभोक्ताको आवश्यकता र चाहनालाई शक्तिमा बदल्न १.५ देखि २८ एचपीसम्मका डिजल इन्जिन, पम्पसेटसहित २५ भन्दा बढी उत्पादन बजारमा ल्याएको छ । कम्पनीले कृषिमा यन्त्रीकरण, पम्प सेट, औद्योगिक, कृषि औद्योगिक, समुन्द्री गरी संसारभरिनै गुणस्तरीय उत्पादनको विकास गर्दै आएको छ ।
बहुउपयोगी यो मेसिनले उच्च टर्क इन्जिनमार्फत अधिक शक्ति प्रदान गर्नेछ । मिड पीटीओ प्रमाणित मेघा टिमा १५ एचपीको इन्जिन छ । यसमा डिक्स ब्रेकको प्रयोग गरिएको छ । यस मेसिनले सीआईआई-औद्योगिक पुरस्कार, एआईएमए आर एन्ड डीको उत्पादन पुरस्कार, भारतको उत्कृष्ट डिजाइन पुरस्कार, ग्रामिण विकासका लागि नयाँ विचार पुरस्कार तथा सन् २०१६ मा जापानको उत्कृष्ट डिजाइन पुरस्कार २०१६ प्राप्त गरिसकेको छ ।