मिलापत्रमा टुङ्गिन्छन् महिला हिंसाका मुद्वा

मिलापत्रमा टुङ्गिन्छन् महिला हिंसाका मुद्वा

महोत्तरीः जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा सन् २०१६ मा दर्ता भएका घरेलु तथा महिला हिंसाका अधिकांश मुद्दाहरूमा मिलापत्र भएका छन् । सन् १०१६ मा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका ३०४ ओटा उजुरीमध्ये १७६ ओटामा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा परेका उजुरीमध्ये १२० ओटा छिनोफानो हुन बाँकी छ । सन् २०१६ मा घरेलु हिंसा/महिला हिंसाका कारण पीडित भएको भन्दै ३०४ जना महिलाहरूले जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र मा ३०४ वटा उजुरी दर्ता गराए ।

जसमध्ये कुटपिट, मार्ने धम्की, खाना लाउन नदिएको र घरनिकाला गरिएका २६३ जना, विवाह दर्ता तथा नागरिकता नबनाई दिएको २९, अर्को श्रीमती ल्याएर हेला गरेकोमा ५ , बोक्सीको आरोप लगाएको घटनामा ० जना पीडित भएका थिए । ती घटनामध्ये प्रहरीले १७६ घटनामा मिलापत्र गराएको र १२० छिनोफानो हुन बाकी रहेको केन्द्रका इन्चार्ज खिलकुमारी राउतले जनाए ।

घरेलु हिंसासम्बन्धी उजुरीहरूमा आरोपितले खानलाउन दिने, नागरिकता, विवाह दर्ता बनाइ दिने र कुटपिट नगर्ने भनेपछि पीडित मिल्न राजी हुने हुँदा अधिकांश मुद्दाहरू मिलापत्र हुने गरेका छन् । मिल्ने अवस्थासम्म सहमति गराउने भएकाले मुद्दाका पीडित र आरोपितलाई राखी उनीहरूको समस्याको बारेमा छलफल तथा सहजीकरण गर्ने गरेको केन्द्रका इन्चार्ज राउतले बताइन् ।

निवेदकहरूले प्रहरी कार्यालयमा उजुरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाव सृजना भई सहमतिको सम्भावना बढ्ने गरेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.