पसल र टहरा डोजर लगाएर भत्काइयो

पसल र टहरा डोजर लगाएर भत्काइयो

वीरगन्जः वीरगन्जको घण्टाघर चोक नजिकैको विपी उद्यानमा रहेको तरकारी, फलफुल तथा माछा मासु बजार आइतबार वीरगन्ज उपमहानगरपालिका कार्यालयले हटाएको छ । उपमहानगरपालिका कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलान गरेर डोजरको सहयोगमा तरकारी बजारमा रहेका करिब पाच सय पसल, टहरा र घरहरु आइतबार बिहान भत्काएको हो ।

बिहान पाँच बजे नै सुरक्षाकर्मीसहित पुगेको उपमहानगरपालिका कार्यालयको डोजरले बजारमा रहेका थोक तथा खुद्रा पसलका टहरा र घर भत्काएको हो । डोजरले बजारका पसल र टहरा हटाउने क्रममा स्थानीय व्यापारी र प्रहरीबीच सामान्य झडप पनि भएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

प्रहरीको बलमा उपमहानगरपालिका कार्यालयले डोजर लगाएर पसल र टहरा भत्काएपछि आक्रोशित बनेका व्यपारीले सडकमा तरकारी र फलफुल फालेर विरोध जनाएका थिए । उपमहानगरपालिका कार्यालयले बिना सुचना आइतबार बिहान झिसमिसेमै प्रहरीको आडमा डोजर लगाएर पसल र टहरा भत्काएको व्यपारीको आरोप छ । उनीहरुले उपमहानगरपालिका र प्रहरीको दमनविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई १२ घण्टाको अल्टिमेटम दिने र तरकारी तथा फलफुल व्यवसायीका लागि उचित व्यवस्थापन नगरिए भोलि बिहान देखि वीरगन्जका सम्पुर्ण बजार र पसल बन्द गर्ने चेतावनी दिए ।

व्यपारी र पसले आफ्नो घरमै सुतेका बेला प्रहरी र नगर प्रहरीले बिहान चार बजे नै गुण्डागर्दी शैलीमा पसल भत्काएको र करौडौंको क्षति भएको जानकारी दिए । वीरगन्जको मीना बजारमा व्यवस्थित मिना कम्पलेक्स बनाउने क्रममा उपमहानगरपालिका कार्यालयले त्यहा रहेका तरकारी, फलफुल र माछामासु पसल २०६७ सालमा घण्टाघर स्थित विपी उद्यान परिसरमा सारेको थियो । त्यस बेला स्थानीय प्रशासनको पहलमा भएको व्यपारी र उपमहानगरपालिका कार्यालय बिचको वार्तामा मिना कम्पलेक्सको निर्माण सम्पन्न भएपछि कम्पलेक्समा तरकारी, फलफुल र माछामासु पसलहरु सार्ने सहमति भएको थियो ।

तर उपमहानगरपालिका कार्यालयले मिना कम्पलेक्स ठेक्कामा लगाएपछि तरकारी र तथा फुल व्यवसायी संघले मीना कम्प्लेक्सको ठेक्का खारेजीको माग गर्दै पर्सा जिल्ला अदालतमा मुद्धा हालेको थियो । गत फागुन ३ गते पर्सा जिल्ला अदालतले संघको विपक्षमा फैसला गरेपछि वीरगन्ज उपमहानगरपालिका कार्यालयले फागुन ४ गते सुचना जारी गरेर ४८ घण्टा भित्र पसल र टहरा हटाउन व्यपारीसंग आग्रह गरेको थियो ।

सूना जारी गरेको ४८ घण्टा भित्र व्यपारीले पसल र टहरा नहाटएपछि आइतकार बिहान डोजर लगार हटाइएको वीरगन्ज उपमहानगरपालिका कार्यालयका सूचना अधिकृत प्रकाशमान अमात्यले बताए । उनले मिना कम्पलेक्समा पसल सार्न व्यपारीलनई पटक पटक आग्रह गर्दा पनि नमानेको र अदालतले पनि संघको विपक्षमा फैसला गरेपछि आइतबार पसलका टहरा र घर भत्काइएको बताए ।

घण्टाघर चोक नजिकैको विपी उद्यान परिसरमा तरकारी, फलफुल तथा माछामासुका करिब एक हजार पसल सञ्चालनमा रहेका थिए । तरकारी तथा फलफुल व्यवसायीलाइ वीरगन्जको रेल्वे रोडमा रहेको ३० कठ्ठा सार्वजनिक जग्गामा सार्ने योजना पनि रहेको भन्दै उपमहानगरपालिका कार्यालयका सूचना अधिकारी अमात्यले रेल्वे रोडको जग्गामा पर्खाल लगाउने र माटो पुर्ने कामका लागि छिटटै ठेक्का लगाउने तयारीमा रहेको बताए ।

मिना कम्प्लेक्समा सबै व्यपारी नअट्ने भएकाले विकल्पको रुपमा उपमहानगरपालिका कार्यालयले रेल्वे रोडको जग्गामा पनि तरकारी तथा फलफुल बजारको लागि व्यवस्था गर्न लागेको अमात्यले बताए ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.