नेपाल बंगलादेश बैंककाे नयाँ लाेगाे सार्वजनिक
काठमाडौः नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लागो सार्वजनिक गर्दै बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लागो संगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताए । उनले नयाँ लोगोको प्रवद्र्धनले बैंकको छविलाई अझ उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । बैंकले सेवा सुविधालाई अझ चुस्तदुरुस्त बनाउने उनले बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमूख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
विगत लामो समयदेखि प्रचलनमा रहेको आफ्नो लोगोलाई थप परिमार्जन गरि अझ बढि जिवन्त बनाउन नयाँ लोगो सार्वजनिक गरेको बैंकले जनाएको छ । हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयाँ लोगो बनाइएको बैंकले जानकारी दियो ।
नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता, परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको छ । त्यस्तै हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।
आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयाँ लागोले सहयोग गर्ने विश्वास बैंकले लिएको छ । उक्त नयाँ लागोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तिय विवरण अनुसारचुक्ता पूंजी ४.०१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै बैंकले ४१ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब २० करोड रुपैयाँ कर्जा संकलन गरेको छ । बैंकले खुद ५४ करोड ६ लाख खुद नाफा गरेको छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।