आइजीपी नियुक्ति प्रकरण: सुनुवाइ मंगलबारसम्मका लागि सर्‍यो

 आइजीपी नियुक्ति  प्रकरण: सुनुवाइ मंगलबारसम्मका लागि सर्‍यो

काठमाडौंः नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणमाथि आइतबार हुने भनिएको बहस मंगलबारसम्मका लागि सरेको छ। अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ताको कार्यालय र जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाइ मंगलबारका लागि सरेको रिट निवेदनतर्फका बहसकर्ता अधिवक्ता भिमार्जुन आचार्यले जानकारी दिए।

आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णयमा रोक लगाउन माग गर्दै अदालतमा परेको रिटमाथि आइतबार बहसका लागि समय तोकिएको थियो। सरकारले तेस्रो वरियतामा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि उक्त निर्णयलाई रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।

यस्तै पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवालले पनि चन्दलाई आइजीपी बनाउने निर्णय रोक्न माग गर्दै आफूलाई आइजीपी नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए। सिलवालले वरियता क्रम मिचेर चन्दलाई आइजीपी बनाउने निर्णयमाथि रोक लगाउन माग समेत निवेदनमा गरेका थिए।

आइजीपी प्रकरणमाथि आइतबार न्यायाधिश हरिकृष्ण कार्की र इश्वर खतिवडाको इजलासमा हुने कार्यतालिका थियो। यसअघिको प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेमा बहस गराउने तयारी सर्वोच्चको थियो।

यसअघि सरकारले तेस्रो वरियताका डिआइजी चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि अधिवक्ता ढकालले दायर गरेको रिटमाथिको सुनुवाइ गर्दै तत्काल निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.